६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

Posted on: 28 Dec, 2019

पुष १२, काठमाडौँ | आजको कान्तिपुर दैनिकले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचारमा काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन गरिक ७ खर्ब रुपैँया लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेखछ । 

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछि कार्य कसरी अगाडि बढाउने भन्ने विषय भने छलफलकै चरणमा रहेको विभागले जनाएको छ । चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौँ–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्टले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्व सम्भाव्यता अध्ययन भएको बताए । 

पोखरा र लुम्बिनीमा लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौँ ल्याउने र अर्को रेलमार्गसँग टोखामा जुड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनी जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि पोखराको लम्बाइ १६८ दशमलव ३३ किलोमिटर हुनेछ । यो रेलमार्ग निर्माणका लागि ३ खर्ब ९० रुपैयाँ लाग्नेछ । यस मार्गमा १३ वटा स्टेसन हुनेछन् । यस रेलमार्गमा रहने १० वटा सुरुङमार्गको लम्बाई ४९ किलोमिटर रहने अध्ययन देखाएको छ ।

त्यसैगरी कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दुरी १५५ दशमलव ६६ किलोमिटर रहने र ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहने समाचारमा उल्लेख छ । यस खण्डमा सुरुङ र पुलको दुरी १३ किलोमिटर हुनेछ । त्यसमा ४६ पुल र ४ सुरुङमार्ग हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!