२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

२०७६, १२ पुष शनिबार ०४:५२

पुष १२, काठमाडौँ | आजको कान्तिपुर दैनिकले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचारमा काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन गरिक ७ खर्ब रुपैँया लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेखछ । 

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछि कार्य कसरी अगाडि बढाउने भन्ने विषय भने छलफलकै चरणमा रहेको विभागले जनाएको छ । चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौँ–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्टले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्व सम्भाव्यता अध्ययन भएको बताए । 

पोखरा र लुम्बिनीमा लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौँ ल्याउने र अर्को रेलमार्गसँग टोखामा जुड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनी जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि पोखराको लम्बाइ १६८ दशमलव ३३ किलोमिटर हुनेछ । यो रेलमार्ग निर्माणका लागि ३ खर्ब ९० रुपैयाँ लाग्नेछ । यस मार्गमा १३ वटा स्टेसन हुनेछन् । यस रेलमार्गमा रहने १० वटा सुरुङमार्गको लम्बाई ४९ किलोमिटर रहने अध्ययन देखाएको छ ।

त्यसैगरी कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दुरी १५५ दशमलव ६६ किलोमिटर रहने र ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहने समाचारमा उल्लेख छ । यस खण्डमा सुरुङ र पुलको दुरी १३ किलोमिटर हुनेछ । त्यसमा ४६ पुल र ४ सुरुङमार्ग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण