२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला व्यापारीबाटै ठगिए उपभोक्ता …

२०७७, २ जेष्ठ शुक्रबार ०३:२२

जेठ २, काठमाडौँ । अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन ।

उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।

उपभोक्ताको उजुरीका आधारमा मङ्गलबार सरकारी टोलीले काठमाडौँको ठमेलस्थित मनमोहन अस्पताल र मिनभवन फार्मेसीको क्लिनिकले सेवाग्राहीसँग मनलाग्दी शुल्य लिएको प्रमाणित भएपछि क्रमशः दुई लाख ५० हजार र दुई लाख रूपियाँ जरिवाना गरेको छ ।

उपभोक्ताको उजुरीका आधारमा अनुगमनका लागि पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दर्ता शुल्क एक हजार ७०० रूपियाँसम्म लिएको पाएपछि उक्त जरिवाना गरिएको हो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बढी मूल्य लिने निजी अस्पताल फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ मा गरिएको व्यवस्था अनुसार जरिवाना गरिएको जानकारी दिए। उनले पछिल्लो समयमा औषधि पसल र अस्पतालमा सेवाग्राही ठगिएको गुनासो धेरै आएपछि पछिल्लो पटक अस्पताल र फार्मेसी क्लिनिकको अनुगमन गर्न थालेको जानकारी दिए ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले बजारमा सरकारी अनुगमनकारी निकायको उजुरी विना उपस्थिति हुन नसक्दा लकडाउनको अवसर छोपी निजी अस्पताल र औषधि पसलले उपभोक्तासँग मनपरी रूपमा शुल्क लिने गरेको आरोप लगाए। साथै उनले साना खुद्रा पसलभन्दा ठूला डिपाटमेन्टले उपभोक्तालाई खुला रूपमा लुट्ने गरेको आरोप लगाए।

यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनमा बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुन सक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीब्र पारेको जनाएको छ ।

विभागका महानिर्देशक सुवेदीले अप्ठारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्ने सक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमनलाई तीब्रता दिएको दाबी गरे। विभागका अनुसार लकडाउनको अवधिमा १४८ वटा व्यापारिक फर्मको अनुगमन गरी जरिवाना गरेको छ भने दुई वटा व्यवसायी फर्म मुद्दा चलाउने प्रक्रियामा छन । यस अवधिमा अनुगमन गरिएको व्यापारिक फर्ममध्ये झण्डै आधालाई जरिवाना गरेर करिब ९० लाख रूपियाँ असुल भएको विभागले जनाएको छ ।

उनका अनुसार यस अवधिमा बढी जरिवाना तिर्ने विगमार्ट, भाटभटेनी सेलबेरी जस्ता ठूला व्यापारिक फर्म रहेका छन । ती व्यापारिक फर्मलाई दुई लाखदेखि तीन लाख रूपियाँ जरिवाना गरिएको छ ।

लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले डेली ग्रोसरी प्रालिलाई दुई लाखका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण