साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेप"/>
2026-11-01 10:13 PM
काठमाडौँ - KTM

सप्तरीवासीले भारतीय बाँध भत्काएपछि दुई पक्षबीच भिडन्त

साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ। 

भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। घाइतेहरुलाई रावविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ।  

नेपालीको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौलअन्तर्गत कुनौली सीमाको दसगजामा बाँध निर्माण जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो। 

सहमतिविपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको तिलाठी ४ का देवनारायण यादवले बताए।  

बिहान भारतीयको संख्या धेरै भएकाले विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बेपछि बाँधमा राखिएका बाँस, बालुवाले भरिएका बोरा  किालेर फालिदिएका थिए।

बाँधका लागि बनाइएका सामग्री फालिदिएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो। – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द