साउन २३, काठमाडौं । व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, काठमाडौं । व"/>
2026-11-01 11:11 PM
काठमाडौँ - KTM

अनियमितता गरेको झोकमा जिल्ला शिक्षा अधिकारीले अधिकृत कुटे

साउन २३, काठमाडौं । विद्यालयमा पठाएको निकासाको विषयमा विवाद हुँदा काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङ र शाखा अधिकृत बालकृष्ण सिंखडाबीच कुटाकुट भएको छ । 

अनियममितताको विषयलाई लिएर भनाभनभएपछि कार्यालयमै जिशिख र अधिकृतबीच कुटाकुट भएको हो । शुक्रबार दिउँसो ३ बजे दुवैले एकअर्कालाई आरोपप्रत्यारोप गर्ने क्रममा जिशिअ गुरुङले शाखा अधिकृत सिंखडामाथि हातपात गरेको समाचार आजको राजधानी दैनिकमा छ ।

तेस्रोपटक काभ्रेको जिशिअ बनेर आएका गुरुङ केही समयदेखि विद्यालयको अनुगमनको क्रममा थिए । अनुगमनका क्रममा आफ्नो कार्यालयबाट त्रुटि नै त्रुटि भएको पाइएपछि आक्रोशित भएर शुक्रबार दिनको ३ बजे कार्याकक्षामा पुगेका कार्यालय प्रमुखलाई त्रुटि गर्ने शाखमा अधिकृतले के छ हाकिम साप भनेर सोधेपछि आक्रमणको अवस्था र्सजना भएको हो ।

काभ्रेका केही विद्यालयमा विद्यार्थीको संख्या नै बढाएर आर्थिक सहायतामा थपघट गरेपछि आक्रोशित भएर कार्यालयमा आएका प्रमुख डा. गुरुङले के कसो छ भनेर सोध्न थालेपछि विवाद भएको थियो ।

गुरुङले विद्यार्थी कम भएको स्कुलमा पुगेर अनुगमन गर्दा गलत रिपोर्ट देखिएपछि के हो भनेर सोध्दा उल्टै ठूलो स्वर गरेपछि आफूले मुख बन्द गराएको गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द