२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

२०७८, २२ कार्तिक सोमबार ०१:२७

कात्तिक २२, काठमाडौँ | अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।

देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरे। उनले एमसिसी मुख्यालयलाई पत्र पठाएको सत्य भए पनि पास गर्ने भन्ने कुराचाहिँ सत्य नभएको बताए। दाहालले एमसिसी परियोजनाबारे नेपालमा विवाद भएका कारण प्रमुख दलहरूबीच सहमति बनिनसकेको भन्दै पत्रमा अरु छलफलका लागि समय थप गर्न आग्रह गरिएको दाबी गरे।‘एमसिसी पास गर्ने विषयमा पत्र पठाएका होइनौं। म्याद थप गर्नका लागि मात्रै पत्र पठाएका हौं,’उनले भने।

प्रधानमन्त्री देउवाले कोप–२६सम्मेलनका अवसरमा एमसिसीका उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटवार्ता गरेका थिए। देउवाले उनलाई गठबन्धनका सहयात्री दलहरूसँग एमसिसीका विषयमा छलफल भइरहेको जानकारी गराएका थिए।

देउवाका अनुसार भेटमा ल्याटोर्तुले संसद् किन तत्कालै बन्द गरेको भनेर पनि सोधेका थिए। ‘हामी गठबन्धनका दलबीच सहमति बनेपछि पत्रकार सम्मेलन गरेर एमसिसी पास गराउने विषयमा जानकारी दिनेछौं। संसद् अन्य कारणले नै बन्द गरेका हौं।अध्यादेश ल्याउनुपर्ने कारणले रोकेका हौं। मैले उनीहरूलाई जानकारी गराएँ,’विमानस्थलमा पत्रकार सम्मेलनमा देउवाले भनेका थिए।

एमसिसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसिसीलाई पत्र पठाएको विषय अहिलेसम्म गोप्य राखिएको थियो। सरकारले तिहारअघि संसद् अधिवेशन बन्द गरेलगत्तै एमसिसी मुख्यालयले असन्तुष्टिसहितको विज्ञप्ति जारी गरेको थियो । 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ