दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/>
2026-10-31 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मध्य तथा सुदुरकै अप्सरा बडिमालीका

दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग्ला हिमश्रींखलाहरु नजिकै बाट नियाल्न सकिने, डाँफे, मुनाल, कालिजका बथानहरु, मृगका बथानहरु सजिलै नियाल्न सकिने, चार सय बढी जडिबुटीहरु एउटै पाटनमा नियाल्न र चिन्न सकिने मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका केही उदाहरण मात्र हुन् ।

बडिमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु र स सना ताल तथा खण्डहरु हुन् । बडिमालीका धार्मिक मेला बर्षको एक पटक अथवा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने गर्दछ । बडिमालीकामा अवस्थीत दुर्गामाता (माई) को पुजाआजा तथा तृथपिठ गर्यो भने मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण बर्षेनी मध्य तथा सुदुरपश्चिम हुदै भारतबाट समेत २० हजार बढी पर्यटकहरु भित्रिने गर्दछन् ।

बर्षेनी २० हजार बढी पर्यटकहरु बढिमालीका भित्रिने गरेपनि प्रयाप्त सुरक्षित पैदलमार्ग तथा यातायातको विकास नभएका कारण तिर्थपिठ गर्ने यात्रीहरुलाई कठिनाई हुने गरेको पाईन्छ । धार्मिक त्रिर्थयात्राको लागि बडिमालीका पुगेका तिर्थयात्रीहरुले एक दिन बडिमालिकामै बास बस्नु पर्ने भएका कारणले प्रयाप्त र ब्यवस्थीत धर्मशाला नभएका कारण पनि तिर्थयात्रीहरु थप कठिनाइमा पर्ने गर्दछन् । जस्तो कठिनाई भएपनि बडिमालीकाको सौन्दर्य र त्यहाको मनमोहले सबै हराउने गरेको तिर्थयात्रीहरु बताउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय