पथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास"/>

2026-07-26 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महत्वपूर्ण स्थानहरु

नैसेलुङडाँडा पर्यटकीय गन्तव्य बन्दै


पथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । 

टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै नैसेलुङडाँडामा पुग्न सकिन्छ । टाडीको रतनपुरमा अवस्थित यो डाँडामा पुग्ने जोकोही पनि यहाँको प्राकृतिक सौन्दर्यतामा रमाउन सक्छ । 

नैसेलुङडाँडाबाट तराईका समथल भू–भागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक देखिनुका साथै, टाडीको सबैभन्दा ठूलो साखरे बगरको दृश्यावलोकन, मिक्लाजुङडाँडा र चुरे पहाड देख्न सकिन्छ । नैसेलुङडाँडाबाट टाडीको अर्को पर्यटकीयस्थल चुलीपोखरीको डाँडा समेत देख्नसकिने स्थानीय चन्द्र फागोको भनाइ छ । 

नैसेलुङडाँडा पर्यटन विकास समितिले यहाँ रु १४ लाखको लागतमा आगामी असोजदेखि भ्यू टावर निर्माण गर्ने भएको छ । भौतिक संरचना निर्माण कार्य सुरु भइसकेको पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो । पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण कार्य पनि सुरु गरिएको मादेनको भनाइ छ । 

२०७४ वैशाखमा फ्रि–वाइफाइसहितको भ्यूटावर निर्माण सम्पन्न हुने मादेनको दाबी छ । दुई बिगाहा क्षेत्रफलमा फैलिएको नैसेलुङडाँडा पर्यटकीय क्षेत्रको विकासका लागि टाडी गाविसको २०७३÷२०७४ को गाउँ परिषद्ले रु दुई लाख बजेट स्वीकृत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ