2026-07-28 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादी केन्द्रको वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

असोज १२, कास्की | नेकपा माओवादी केन्द्र कास्की निर्वाचन क्षेत्र नं ४ अन्तर्गतका पार्टी जिल्ला समिति सदस्यहरुको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

वैठकले निर्वाचन क्षेत्र नं ४ मा व्यापक संगठन विस्तार गर्न ३ महिने संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालन गर्ने, नेताहरुको कार्यविभाजन तथा विकास निर्माणका कामहरुलाई विशेष जोड दिने लगायतका निर्णयहरु गरेको छ । वैठकमा क्षेत्र नं ४ का पार्टी जिल्ला सम्मेलन आयोजक समितिका रहेका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य हरि अधिकारी(कुमार)ले माओवादी पार्टी कहिल्यै पनि कमजोर नभएको भन्दै पार्टीले उठाएका एजेण्डाहरुको जित हुँदै गएको वताए ।

युद्धकाल, शान्ति सम्झौता तथा त्यसपछिका हरेका परिर्वतनहरुमा माओवादी पार्टीको जहिले पनि निर्णायक भुमिका रहने गरेको भन्दै नेता अधिकारीले माओवादी कमजोर भयो भनेर प्रचार गर्नु झुटको खेती गर्नु भएको दावी गरे । पार्टी तेस्रो स्थानमा अहिले आउनु प्राविधिक विषयको भएको धारणा राख्दै नेता अधिकारीले अवको निर्वाचनमा माओदी पुन देशको पहिलो पार्टी वन्ने दावी अधिकारीको रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणवाट विगतमा चिसिएको सम्वन्ध सुर्धिएको भनाई राख्दै छिमेकी मुलुकहरु विच सुमधुर सम्वन्ध कायम गरेर अघि वढ्न प्रधानमन्त्री सफल भएकोमा सवैले गर्व गर्नुपर्ने भनाई राखेका छन् । विगतमा पार्टीवाट केही कमजोरीहरु भएको स्विकार गर्दै नेता अधिकारीले अव माओवादी केन्द्र एकढिक्का भएर स्थानीयतहको निर्वाचन होमिने र त्यसका लागि तयार रहन पार्टी कार्यकर्तालाई उनको निर्देशन रहेको छ ।

पार्टीका पोलिट्व्युरो सदस्य तथा जिल्ला संयोजक राजकाजी गुरुङ्ग(करण)ले जिल्लामा १५ हजार पार्टी सदस्य पुर्याउने अभियानलाई यस क्षेत्रमा समेत तिर्वताका साथ अघि वढाउन निर्दैशन दिएका छन् । जनताका विकास निर्माणका कामहरुमा पार्टी सँधै सक्रियताका साथ लागिरहेको भनाई राख्दै पुर्वसभासद समेत रहेका नेता करणले जनतालाई विकास निर्माणको माध्यमवाट राहत प्रदान गर्न थप मेहनत गर्ने भनाई उनको छ । पार्टीका निर्वाचन क्षेत्रनं ४ का ईन्चार्ज रामजी बराल(जिवन)ले आजवाट सुरु भएको अभियानवाट जनतामा उत्साह वढेको भनाई राख्दै पार्टी संगठन निर्माणलाई व्यवस्थित रुपमा अघि वढाईने वताए । पार्टी केन्द्रका सल्लाहकार कोमलनाथ बरालले पार्टी तथा सरकारका राम्रा कामहरुको प्रचार हुन नसकेको भन्दै अभियानमा जाँदा सरकारका राम्रा कामहरु वारे जनतालाई जानकारी गराउन आग्रह गरेका छन् । कार्यक्रममा निर्वाचन क्षेत्रनं ४ अन्तर्गतका गाविस तथा वडा कमिटिका अध्यक्षहरुले आफ्नो ठाउँको रिपोटिङ्ग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ