असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको"/>

2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठान पुगेर प्रधानमन्त्रीले भने- संविधान कार्यान्वयन सुरु भयो

असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको अनुगमन पछि प्रधानमन्त्री दाहालले बहानेमा आज बाढिपहिरो प्रभावितलाई सम्बोधन गर्दै ७ प्रदेशमा उच्च अदालत स्थापनाले संविधान कार्यान्वयन प्रक्रिया सुरु भएको  बताए । 

“संविधान कार्यान्वयनका लागि अहिलेको सरकार लागिपरेको छ । ”प्रधानमन्त्री दाहालले भने–“संविधान कार्यान्वयनसँगै मधेस आन्दोलन र राष्ट्रिय आन्तरिक एकताका लागि हामी सफल भएका छौ ।” 

“यो सरकार नेपालीको सरकार हो । देशमा राजा महाराजाको जमाना गयो । आज तपाईहरुको छोरा, गाउँको सामान्य व्यक्ति प्रधानमन्त्री, मन्त्री भएका छन् । हामीले अब देशमा विकास गर्नतर्फ लाग्नुपर्छ । 

त्यसैका लागि संविधान कार्यान्वयन प्रमुख विषय भएको छ ।”प्रधानमन्त्री दाहालले भने । अर्को एक फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले देशमा हालसम्म ठूला परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन गर्न नसकिएको बताए । 

कार्यक्रममा माओवादी नेता वर्षमान पुनले संविधान कार्यान्वयनका लागि दलहरुकाबीचमा सहमति र सहकार्य आवश्यक भएको बताए । 

बाढिपहिरो प्रभावितले चाडपर्व खर्च १५ हजार पाउने 

प्यूठानका बाढिपहिरो प्रभावितका लागि सरकारले दशैँ-तिहार चाडपर्व खर्च स्वरुप रु १५ हजार उपलब्ध गराउने भएको छ । 

प्रधानमन्त्री दाहालले प्रभावित परिवारलाई प्रतिपरिवार रु १५ हजार सरकारले दिने घोषणा गर्नुभयो ।“बाढिपहिरो प्रभावितका लागि भूकम्प प्रभावित बराबरको सरकारी सहयोग र राहत दिने सरकारले तयारी गरेको छ ।” प्रधानमन्त्रीले भने । 

”प्यूठानमा साउन ११ र १२ गते आएको बाढिपहिरोबाट ५३ जनाको मृत्यु भएको थियो । त्यस्तै करोडौँको भौतिक पूर्वाधार नष्ट भएका थिए । 

प्रधानमन्त्रीलाई दश बुँदे माग पत्र 

प्रधानमन्त्री दाहाललाई उद्योग वाणिज्य सङ्घ प्यूठानले प्यूठानवासीका तर्फबाट १० बुँदे मागपत्र पेस गरेको छ । 

बाढिपहिरो प्रभावित क्षेत्रमा पुनःवासको व्यवस्था, जोखिममा रहेकाको अन्यत्र स्थानान्तरण, नौमुरे जलविद्युत् आयोजनाको स्वदेशी लगानीमा निर्माण लगायतका माग राख्दै प्रधानमन्त्रीलाई माग पत्र बुझाइएको हो । 

तत्काल जिल्लामा देखिएको समस्या जिल्लाले सम्बोधन गर्न नसक्ने भन्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले माग पत्रसँगै केन्द्रबाट तत्काल उचित आर्थिक व्यवस्था र ध्यान दिनसमेत माग गरेका छन् । त्यस्तै प्रधानमन्त्रीसँगै प्रभावित गाविसले पनि माग पत्र प्रस्तुत गरेका छन् । 

बहानेमा जम्मा भएका मृतक तथा प्रभावित परिवार सदस्यले स्थानान्तरणका लागि केन्द्रबाट पहल गर्न आग्रहसमेत गरेका छन् । सामान्य प्रकृतिका राहत सामग्री बाहेक खासै राहत सामग्री नपाएको र जिल्लास्तरबाट तथा केन्द्रले पनि आफूहरुलाई ध्यान नदिएको प्रभावितको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई