पढ्न करिब 2 मिनेट लाग्छ

असोज १६, ओखलढुंगा । किरात राई यायोख्खा ओखलढुंगाले जातिय,भाषीक र सांस्कृतीक आधारमा स्थानिय तह पुनर्संरचना गर्न माग गरेको छ । यायोख्खाले कुनै पनि समुदायको सद्भाव नखल्बल्लीने गरी पुनर्संरचना गर्न माग गरेको हो । यायोख्खाले जिल्ला स्थित प्राविधिक समितिका संयोजक मार्फत आयोगमा ज्ञापनपत्र बुझाउँदै सरकारले पछिल्लो समय गरेको विद्यमान जिल्ला विकास ईलाकाहरुलाई आधार मानेर पुनर्संरचना गर्ने निर्णय पनि सच्चाउन माग गरेको छ । नयाँ नेपाल बनाउने नारा दिएर पञ्चायतले गरेको अन्यायलाई निरञ्तरता दिने प्रयास भईरहेकाले त्यस विरुद्ध आवाज उठाईएको किरात राई यायोख्खा जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष दिपेन्द्र रुम्दालीले बताउनुभयो । उहाँले जनजातीहरुलाई अधिकार मात्र दिएर नहुने भन्दै त्यसलाई कार्यन्वयन गर्ने संरचना पनि सोहि अनुरुप हुनुपर्नेमा जोड दिनुभयो ।

किरात राई यायोख्खाका केन्द्रिय पदाधिकारीको उपस्थितीमा ओखलढुंगामा यायोख्याले स्थानिय तह पुनसंरचना सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरेको छ । अन्तरक्रियामा सहभागिहरु वत्ताहरुले विद्यमान जिल्लाको भौगोलिक सिमाना यथावत राखेर सोहि अनुरुप स्थानिय संरचना बनाउन सम्भव नरहेको बताएका थिए ।