Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ओखलढुंगा कांग्रेसमा तेजेन्द्र,रुद्र र सविता मनोनित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा ।&nbsp;</b>नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाले पदाधिकारी मनोनयन गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति, सचिव र सह सचिव मनोनित गरेको हो । यो सँगै ओखलढुंगा कांग्रेसमा पदाधिकारीले पूर्णता पाएको हो । बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवारले उपासभापतिमामा (तेजेन)तेजेन्द्र खनाल, सचिवमा रुद्र प्रसाद अधिकारी र सह सचिवमा सविता राईलाई प्रस्ताव गरेपछि कार्यसमितिका सदस्यहरुबाट सर्बसहमतीले पारित भएकोे बताईएको छ ।&nbsp;<img src="http://sajhasabal.com/uploads/posts/4df8fa33603ad226eee2d7a1d5005b241475378169.jpg" style="width: 1157px;"></p><p>पदाधिकारी मनोनित गरेपछि पार्टीलाई चलायमान बनाउन बाटो खुलेको सचिव रुद्रप्रसाद अधिकारीले बताउनुभयो । विधान अनुसार निर्वाचित र मनोनित सहित ३३ जनाको कार्यसमिति रहने नेपाली कांग्रेस जिल्ला कार्यासमितिमा अझै चार जना सदस्य मनोनयन गर्न बाँकी रहेकोले केही समय पछि कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।&nbsp;</p><p>गत माघमा जिल्ला अधिवेशन गरेको काग्रेसले पहिलो बैठक बाट चार जना सदस्यहरु मनोनित गरेपनि लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । एक व्यक्ति एक पदको अवधारण अघिसारेको कांग्रेसले मनोनित गरेका ओखलढुंगाका सबै पदाधिकारीहरु महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि हुन् ।</p>