Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटे : सांसद सुनुवार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १७,ओखलढुंगा । प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटेको एमाले सांसद यज्ञराज सुनुवारले आरोप लगाउनु भएको छ । एमाले केन्द्रिय सदस्य समेत रहनु भएका सांसद सुनुवारले गृह जिल्ला ओखलढुंगामा भएको वृहत साँस्कृतीक महोत्सवमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । ‘हाम्रो देशमा भुकम्प पीडितका नाममा राजनीती धेर भो,यो राम्रो होईन’ सांसद सुनुवारले भन्नुभयो‘प्रधानमन्त्रीले नै पीडित जनतालाई ढाँट्छन् अरुले के बाचा पुरा गर्न सक्नु ? तर पनि हामीले गरेका बाचा पुरा गरिरहेका छाँै ।’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि ४५ दिन भित्र हेलीकप्टर मार्फत घरघरमा अनुदान रकम पु¥याउने भनेसँग आशावादि भएका जनता अहिले चार दिन सम्म लगाएर सदरमुकाम धाउन बाध्य भएको भन्दै दुःख व्यत्तः गर्नुभयो ।

सांसद सुनुवारले एमाले नेतृत्वको सरकारहुँदा भूकम्प पीडितलाई एक मुष्ट २ लाख अनुदान दिनुपर्छ भनेर आन्दोलन गर्ने कांग्रेस अहिले मौन बसेको भन्दै आपत्ती जनाउनुभयो । आफुले पटक पटक सदनमा समेत यस विषयमा आवाज उठाएको भन्दै भूकम्प पीडितका पीडामा आफु संवेशिल रहेको दावी गर्नुभयो । सुरुमा भूकम्प अति प्रभावित जिल्लामा ओखलढुंगालाई पार्नदेखि नै पीडितका हितमा धेरै काम गर्न सफल भएको उहाँको भनाई छ । तर जिल्लामा भूकम्प प्रभावितका लाग आएका कार्यक्रमहरु सञ्चालनमा एकरुपता आउन नसकेकोमा भने चिन्ता व्यक्त गर्नुभयो । सांसद सुनुवार अहिले जिल्लाका भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा हुनुहुन्छ ।