2026-11-02 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघ देउराली गाउँ कमिटीको पुर्नगठन

असोज १७, पोखरा । युवा संघ कास्कीले देउराली गाउँ बिकास समितीमा कमिटी बिस्तार गरेको छ ।

संगठन बिस्तारको अभियानलाई तिब्रता का साथ अगाडि बढाइरहेको युवा संघ कास्कीले आज शुभ बिजया दशमी तथा दिपावलिको अबसरमा आयोजित शुभकामना आदन प्रदान समेत गरेको छ । युवा संघ कास्कीले देउराली गाउँ बिकास समितीमा भेलाले सन्तोष श्रेष्ठको संयोजकत्वमा कमिटी निर्माण गरेको हो ।

कमिटीको उपाध्यक्षमा खेम गुरु, सचीव ईश्वर क्षेत्री , कोषाध्यक्ष दिलबहादुर गुरुङ रहेका छन् भने सदस्यमा क्रमश बिकास सेन, रबि गुरुङ,भिमराज गुरुङ,रोशन गुरुङ सरोज क्षेत्रि , रोशन परियार , इन्द्र बहादुर गुरुङ रहेका छन् । निर्बाचित कमिटिका पदाधिकारीलाई प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी कास्किका अध्यक्ष कृष्ण थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले समृद्ध नेपाल निर्माणमा युवाहरुको भुमिका महत्त्वपूर्ण रहने बताउदै नेकपा एमालेले मात्रै देश बिकास गर्न सक्ने दाबि गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला निर्बाचन कमिटी अध्यक्ष टिकाराम पगेनी ,युवा संघ गण्डकी अध्यक्ष नबराज ओझा , युवा संघ कास्की अध्यक्ष बिष्णु पुन , कास्की क्षेत्र न १ अध्यक्ष रामचन्द्र तिमिल्सिना , होटल प्रतिनिधि समाज कास्की अध्यक्ष तिलक अधिकारी लगाएले बोलेका थिए । 

कार्यक्रम नेकपा एमाले देउराली गाउँ कमिटी अध्यक्ष टेक बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द