पढ्न करिब 1 मिनेट लाग्छ

जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । नेपालीहरुको महानपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर नेविसंघले आज पाँचथर सदरमुकाम फिदिममा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

पाटी कार्यालयमा आयोजित उक्त कार्यक्रममा वोल्दै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले अहिलेको यो वडादशैँ तथा शुभदीपावलीको शुभकामना दिँदै यस्ता चाडपर्वले आपसमा सद्भाव र भाइचारा कायम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“ विगत वर्षहरुमा पाटीले नै शुभकामना आदान प्रदान कार्यक्रम गर्ने गरेको भएतापनि पूर्वप्रधानमन्त्री तथा पाटी सभापति शुशिल कोइरालाको निधन भएको हुँदा यो कार्यक्रम पाटीले नगरेको हो ।”

यस्तै कार्यक्रममा वोल्दै उहाँले अहिलेको संविधान कार्यान्वयनका लागि सवै राजनितीक दलहरु जिम्मेवारपूर्ण ढंगबाट लाग्नुपर्ने वताउनुभयो । यस्तै अव चाँडै आयोगले स्थानिय तहको संख्या निर्धारण गरी चुनावको वातारण सिर्जना गर्ने विश्वासस ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वोल्दै पाटी जिल्ला सचिव रुपनारायण जवेगुले अहिलेको चाडपर्वले संविधान कार्यान्वयनमा थप बल पुग्न प्रेरिरत गर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा पाटीका भातृभँगिनी संठनका पदाधिकारी, लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

यस्तै प्रजातान्त्रिक आन्दोलनका सेनानी चन्द्रशेर आङदेम्बेकोको आज निधन भएको प्रति पाटीले समवेदना प्रकट गरेको छ । नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव धनकुमार लावतीले संचालन गर्नुभएको थियो ।