Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

स्थानिय तहको पुर्नसंरचना पछि निर्वाचन: महरा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको छ ।

ऐरावती बहुउद्ध्यशीय सानाकिसान सहकारी संस्था  लिमिटेड ढुङ्गेगदी ३ बड्डाडा प्युठानको चौधौ साधारण सभालाइ सम्बोधन गर्दै मन्त्री महराले स्थानिय निकाय पुनरसंरचना र निर्बाचन सरकारको दायित्व भएको उल्लेख गर्दै अहिले सरकार स्थानिय निकाय पुनरसंरचना गर्ने काममा जुटेको बताउनुभयो।स्थानिय निकायको पुनरसंरचना गर्दा केही इलाकाहरु तलमाथी हुन सक्ने उहाको भनाइ छ। स्थानिय तहको पुर्नसंरचना एक महिना मै सक्ने कसरतमा सरकार रहेको भन्दै यस्मा सहयोग गर्न उहाले सबैलाइ आग्रह समेत गर्नुभयो। "पुर्नसंरचना पछि

स्थानिय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुन्छ ।" मन्त्री महराले भन्नुभयो । निर्वाचन पश्चात् मुलुक बिकास र समबृद्धिको बाटोमा अग्रसर हुने उहाको भनाइ छ । अर्थमन्त्री महराका साथ पुर्ब अर्थमन्त्री बर्षमान पुन अन्नत, अर्थसचिब शान्तराज सुवेदी,  माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्का लगायतका नेता हुनुहुन्थ्यो ।