पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/77dfac3affa0a54c375236d2474788d81476784719.jpg" style="width: 500px; float: left;"><b>कार्तिक २, वीरगंज |</b> सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । <br></p><p>वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै मधेसी मोर्चाले उठाएको बहुप्रतिक्षित संशोधन प्रस्ताव वर्तमान प्रचण्ड नेतृत्वको सरकारले दर्ता नगराएकोमा शंका उत्पन्न भएको बताएका छन् । युवा नेता यादवका अनुसार प्रचण्डले बारम्बार मोर्चालाई धोका दिएको बताउदै यस पाली धोका दिए मधेसमा प्रचण्डलाई मधेसी युवाहरुले प्रवेश निषेध गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी निकट युवा एवं खेलकुद बिभागका प्रमुख समेत रहेका यादवले एक फरक प्रसंगमा तराई मधेस लोकतान्त्रिक पार्टी संग सदभावना पार्टीको एकिकरण हुने ठोकुवा गरेका छन् । </p><p>मधेसी जनताको भावना अनुरुप मधेसका क्रियाशिल दुवै पार्टी एकिकरण हुन लागेको बताउदै आन्तिरिक रुपमा सम्पुर्ण तयारी भएको र तिहार र छठ पछि घोषणाको प्रवल सम्भावना रहेको यादवले बताए । साथै रौतहटको गौरवका रुपमा रहेको गौर राईस मिलको जग्गा पुर्वप्रधानमन्त्री माधव नेपालको प्रत्यक्ष संलग्नतामा अतिक्रमण गर्ने प्रयास भईरहेको खुलासा गर्दै त्यसता गलत क्रियाकलाप नसच्याए आफु र आफनो पार्टी सहित रौतहटका जिम्मेवार पार्टीहरु एवं संघ संस्थाहरु कडा बिरोध गर्ने बताए । </p>

