राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं."/>

2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संस्थालाई आत्मनिर्भर वनाउन उचित योजनाको आवश्कता: सासंद चौधरी


राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का सासंद पदमनारायण चौधरीले बताएका छन । 

भवानी एकीकृत सामुदायीक विकास केन्द्र, धनगढी २ सिरहाको २१ औं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले संस्था खोल्न सजिलो भएपनि त्यसलाई आत्मनिर्भर बनाउन उचित कार्ययोजनाको आवश्यकता भएको बताए । 

यसअघि केन्द्रले जिल्लाको दुरदराज गाँउहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य तथा बालकालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै सिरहा क्षेत्र नं. ४ का सासंद रामचन्द्र यादवले संस्थालाई त्यहि अवस्थामा पुर्याउन आफूले पनि सहयोग गर्ने बताए । 

जिल्लामा १०५० सामाजिक संस्थाहरु दार्ता रहेपनि वार्षिक १२५ नविकरण भईरहेको र त्यस मध्ये पनि थोरै संस्थामात्र कृयाशिल रहेको गैसस महासंघका जिल्ला अध्यक्ष गोविन्दराज विष्टले बताए । यतिको संस्थाहरुको विचमा भवानीले आफ्नो कार्यकालमा असल र सम्झना योग्य कामहरु गरेको बताए । कार्यक्रममा पत्रकार महासंघ सिरहाका सचिव जिवछ यादव, प्रेस चौतारी सिरहाका अध्यक्ष राम भरोसी महतो,  प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मणिलाल विश्वकर्मा लगायतकाले आ–आफनो धारणा राखेका थिए । 

संस्थाको अगुवाईमा सिरहाको दक्षिणी भेगका महेशपुर पिप्रा प्रध र पोखरभिण्डा गाविसमा हरुवाचरुवाको लागि १२ वाटा समूह निर्माण गरि २८० घरधुरीका हरुवा चरुवाहरुलाई मानव अधिकार महिला प्रजनन स्वास्थ्य बधुवा मजदुर मानव वेचविखन सुरक्षित बसाईसराई भूमि अधिकार र रोजगारी सम्वन्धमा सचेतना कार्यक्रमले निकै प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस