पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम ग"/>
2026-09-18 11:48 PM
काठमाडौँ - KTM

प्रदेश नम्बर ५ को राजधानी रुपन्देही बनाउन एमालेको माग

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम गरियोस भनी एमालेले माग गरेको । भैरहवामा जारी आठौं अधिवेशनमा महत्वपूर्ण प्रस्ताव पारित गर्दै यस्तो माग गरिएको प्रस्ताव लेखन उपसमितिका संयोजक भरतकुमार पोखरेलले जानकारी दिए । 

हालको पा“च नम्बर प्रदेशको सिमांकन समेत यथावत राख्न एमालेले माग गरेको छ । प्रचण्ड नेतृत्वको सरकारको असन्तुलिय परराष्ट्र नेपाललाई सार्वभौमिकता र क्षेत्रीय  अखण्डतामा आघात गएको महशुस गरिएकोले त्यसपति सचेत रहन आग्रह गरिएको छ । 

अधिवेशनले पोखरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । रुपन्देहीमा व्यवसायिक कृषि प्रवद्धन, पर्यटन र उर्जा विकासका लागि कालीगण्डकी–तिनाउ डाइर्भसन बहुउद्देश्यीय परियोजनाको काम अविलम्ब सुरु गर्न पनि सरकारस“ग माग गरेको छ ।  

निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल तथा बेलहिया–बुटवल व्यापारिक मार्गको निर्माणकार्य तोकिएको समयमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।  

साथै आव ०७३÷०७४ मा सम्पन्न गर्न प्रस्तावित गरो रुपन्देही जिल्लाका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी शिक्षण अस्पताल निर्माण, पूर्व पश्चिम राजमार्ग बिस्तार साथै वुद्ध सर्किट मार्गलगायत परियोजनाहरु यथाशीर्घ सम्पन्न गरियोस भनी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । 

सबै पूर्वाधार पूरा गरी भैरहवाको विशेष आर्थिक क्षेत्र सेज अभिलम्ब सञ्चालन गर्न पनि एमालेले माग गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बहु विषयको अध्ययन अध्यापन गराउ“दै वौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न माग गरेको छ । 

एमाले जिल्ला अधिवेशनले केपी ओली नेतृत्वको सरकारले चिनसंग गरेको व्यवपार सम्बन्धलाई अहिलेको सरकारले ओझेलमा पार्ने काम गरेको भन्दै चनाखो हुनुपर्नेमा जोड दिएको छ । यस्ता सम्झौताहरु तदारुककताका साथ कार्यान्वनय गर्न पनि एमालेले माग गरेको छ ।

वन जंगल सम्पदा जनशक्ति जमिन जडिबुटी लगायतका सम्पदाहरुको संरक्षण गरी तिनको सदुपयोग गरी अर्थतन्त्रलाई सुदृढ तुल्याउन हाल संशोधनका निम्ती तयार गरिएको सहकारी ऐनलाई सहकारी मैत्री बनाउन माग गरेको छ ।

संविधान संशोधनका नाममा जातीय खलल पार्ने राष्ट्रिय विखण्डन गर्ने कार्यप्रति सजग रहन अधिवेशन आम जनतालाई आग्रह गर्दै प्रस्ताव पारित गरिएको उपसमितिका सदस्य भरत भुषालले जानकारी दिए ।  

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

तलैसम्म सहमतिको पहल जारी

नेकपा एमाले रुपन्देहीको जारी आठौं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल कायमै रहेकाले निर्वाचन प्रक्रिया लम्बिएको छ । पदाधिकारीहरुमा सहमति जुटेपनि अरु तलैसम्मका पदमा समेत सहमतिको प्रयास जारी रहेकाले एक दिन लम्बिएको बताइएको छ । पदाधिकारीमा जुटेको सहमतिलाई भने सार्वजनिक गरिएको छैन् । 

स्रोतका अनुसार अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उप–सचिवमा गोपाल राना सर्वसम्मत भएका छन् । दुबै उप–महासचिवहरु विष्णु पौडेल र घनश्याम भुषालले आपसमा अंकमाल गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता गरी सहमति जुटाउने कसर गरेका थिए । जसका कारण पदाधिकारीमा सहमति जुटेको छलफलमा सहभागी एक नेताले बताए । 

नेताहरुले सोमबारको बन्दसत्रलाई सम्बोधन गर्दै समृद्ध मुलुक निर्माणका लागि आफुहरु एक भएर अगाडि बढ्ने र त्यसको जस पार्टीका सबै तहका नेता कार्यकर्ताले लिनेगरी नेताहरु एकढिक्का हुने प्रतिबद्धता जनाएका थिए । नेतृत्व चयनका लागि विभिन्न चरणमा भएका वार्ता र छलफलहरुमा दुबै उप–महासचिव, स्थायी समिति सदस्य छबिलाल विक, अञ्चल इन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य लिला गिरी, ठाकुर गैरे, नजिर मिया“, राधा ज्ञवाली, एकराज विक, खिमलाल भट्टराईलगायत प्रदेश कमिटिका विभिन्न नेताहरु सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई