2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भारतिय राष्ट्रपति पोखरा आउदै, तयारीको लागि मुल ब्यवस्थापन समिति गठन

कात्तिक ९, पोखरा । 

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणको क्रममा पोखरा आउने भएका छन् । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते जनकपुर हुदै पोखरा आउने भएपछि स्थानिय स्तरमा तयारी सुरु गरिएको छ । राष्ट्रपति पोखरामा करिव तिन घन्टा रहने भएका छन् । 

राष्ट्रपतिको पोखरा आगमनलाई भब्य बनाउने तयारी स्वरुप क्षेत्रीय प्रशासकको संयोजकत्वमा मुल ब्यवस्थापन समिति र विभिन्न पाँच वटा उपसमिति गठन गरिएको छ । मंगलवार आयोजित बैंठकाट क्षेत्रीय प्रशासक खगराज बराल संयोजक रहेको मुल ब्यवस्थापन सहयोग समिति गठन गरिएको छ । समितिमा पोखरा स्थित चार वटै सुरक्षा निकायका क्षेत्रीय प्रमुख, जिल्ला प्रमुख, स्थानिय विकास अधिकारी, पोखरा उपमहानगरपालिकाका , लेखनाथ नगरपालिकाका प्रमुख, नीजि क्षेत्र, सामाजिक संघसंस्थाका प्रमुख सदस्य रहेका छन् ।

भ्रमण तयारीको लागि पोखरा उपमहानगरपालिले संयोजन गर्ने गरी स्वागतद्धारा निर्माण, सौन्दर्यीकरण तथा सरसफाई उपसमिति, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्वमा स्वागत ब्यवस्थापन उपसमिति, स्थानिय विकास अधिकारीको संयोजकत्वमा पूर्वाधार निर्माण उपसमिति र पत्रकार महासंघ कास्की संयोजक रहने गरी प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

क्षेत्रीय प्रशासक बरालका अनुसार राष्ट्रपति मुखर्जी काठमाडौंबाट कात्तिक १९ गते विहान जनकपुर जाने र जनकपुरबाट मध्यान्ह १२ बजे पोखराको लागि प्रस्थान गर्ने कार्यक्रम छ । मुखर्जी पौने एक बजे पोखरा विमानस्थलमा अबतरण हुने र बिरौटा स्थित होटल पोखरा ग्राण्डमा केहिबेर आराम गर्ने कार्यतालिका छ । होटलबाट पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा जाने र त्यहा उपस्थित झण्डै १० हजार भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकेर राष्ट्रपति मुखर्जी अपरान्ह ४ बजे काठमाडौं फर्किने क्षेत्रीय प्रशासक बरालले बताए ।

राष्ट्रपति विमानस्थलमा अबतरण भएपछि जाने होटल तथा होटलबाट जाने कार्यक्रम स्थल सम्मको बाटोमा स्वागत , सत्कारको लागि गेट निर्माण स्थानिय भेषभूषा तथा झाँकी प्रदर्शन, ट्राफिक ब्यवस्थापन, सुरक्षा ब्यवस्थापन लगायतको सबै तयारी गर्न विभिन्न समिति गठन गरिएको हो ।

क्षेत्रीय प्रशासक बरालको संयोजकत्वमा भएको बैंठकमा नेपाली सेनाको पश्चिम पृतनाका निमित्त पृतनापति दीलीप विष्ट, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह, गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र पोखरेल, राष्ट्रिय अनुसन्धान क्षेत्रीय प्रमुख रवीन्द्र पण्डित, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्याल सहभागि थिए । त्यस्तै पोखरा स्थित सम्बन्धित सबै सरकारी कार्यालयका प्रमुख, पर्यटन ब्यवसायी, नागरिक समाज एबं सामाजिक संघसंस्थाका प्रमुखहरुको सहभागिता थियो । बैंठकले भारतीय राष्ट्रपतिको झण्डै तीन घण्टे पोखरा बसाइलाई ब्यवस्थित एबं भब्य बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकिय भ्रमण गर्दैछन् ।

तस्विर सौजन्य : गिता राना 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई