कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल"/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न तीन दल मिल्नुपर्छ: कोइराला

कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं– ४ ले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – मुलुकका लागि अहिले संविधान कार्यान्वयन गर्नु मुख्य कार्यभार हो, यसका लागि प्रमुख तीन दल साना–साना मुद्दा विभाजित नभएर एकजुट हुनुपर्छ । 

नेता कोइरालाले बिशेषगरी काँग्रेस, माओवादी (केन्द्र) र एमालेले मधेसी मोर्चासँग मिलेर संविधान कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्दै “एमालेलाई उपेक्षा गरेर संविधान संशोधन गर्न सकिदैन, हामीले उसलाई पनि मनाउनुपर्छ” बताउनुभयो । 

संविधानको निर्माणका लागि निक्कै महत्वपूर्ण योगदान दिएको नेपाली सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “लोकमान प्रकरणमा संसद् तथा नेताको बिशेष ध्यान छ तर सविधान कार्यान्वयनमा कसैले बोल्दैनन् ।” 

नेता कोइरालाले सत्ताको नतृत्व गरेका पार्टी (माओवादी केन्द्र)ले सरकारका सहयात्री काँग्रेससँग कुनै सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष दल (एमाले) सँगको साँठगाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग प्रस्ताव ल्याइनु बेठिक भएको भन्दै कार्की पहिलेदेखि गलत व्यक्ति भएको बताउनुभयो । 

काँग्रेसका अर्का नेता आन्नदप्रसाद ढुङ्गनाले काँग्रेसले जारी गरेको सविधान कार्यान्वयनका लागि पनि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउँदै कार्यकर्ताको भावनालाई बुझेर आगाडि जाने भन्दा पनि नेताले नै गुठ उप गुठमा लाग्दा तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको बिचार व्यक्त गर्नुभयो । 

नेविसङ्घका पूर्व सभापति तथा सभासद् रञ्जित कर्णले अहिले लोकमानसिंह कार्कीको विषय उठाएर (एमाले) र (माओवादी केन्द्र)ले संविधानलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउनुभयो । 

संवैधानिक निकायमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई