कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल"/>

2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न तीन दल मिल्नुपर्छ: कोइराला

कात्तिक १०, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं– ४ ले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – मुलुकका लागि अहिले संविधान कार्यान्वयन गर्नु मुख्य कार्यभार हो, यसका लागि प्रमुख तीन दल साना–साना मुद्दा विभाजित नभएर एकजुट हुनुपर्छ । 

नेता कोइरालाले बिशेषगरी काँग्रेस, माओवादी (केन्द्र) र एमालेले मधेसी मोर्चासँग मिलेर संविधान कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्दै “एमालेलाई उपेक्षा गरेर संविधान संशोधन गर्न सकिदैन, हामीले उसलाई पनि मनाउनुपर्छ” बताउनुभयो । 

संविधानको निर्माणका लागि निक्कै महत्वपूर्ण योगदान दिएको नेपाली सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “लोकमान प्रकरणमा संसद् तथा नेताको बिशेष ध्यान छ तर सविधान कार्यान्वयनमा कसैले बोल्दैनन् ।” 

नेता कोइरालाले सत्ताको नतृत्व गरेका पार्टी (माओवादी केन्द्र)ले सरकारका सहयात्री काँग्रेससँग कुनै सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष दल (एमाले) सँगको साँठगाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग प्रस्ताव ल्याइनु बेठिक भएको भन्दै कार्की पहिलेदेखि गलत व्यक्ति भएको बताउनुभयो । 

काँग्रेसका अर्का नेता आन्नदप्रसाद ढुङ्गनाले काँग्रेसले जारी गरेको सविधान कार्यान्वयनका लागि पनि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउँदै कार्यकर्ताको भावनालाई बुझेर आगाडि जाने भन्दा पनि नेताले नै गुठ उप गुठमा लाग्दा तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको बिचार व्यक्त गर्नुभयो । 

नेविसङ्घका पूर्व सभापति तथा सभासद् रञ्जित कर्णले अहिले लोकमानसिंह कार्कीको विषय उठाएर (एमाले) र (माओवादी केन्द्र)ले संविधानलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउनुभयो । 

संवैधानिक निकायमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द