कात्तिक १२, कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्ण"/>
2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको महाअभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश बन्ने

कात्तिक १२, कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताएका छन् । 

उनले नेपाली कांग्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताए । 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताए । 

उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँगे्रस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँगे्रसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताए । 

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उनले बताए । उनले भने– “अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुँदैन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल प्रर्याप्त भएको छैन् ।” 

युनियनका जिल्ला सभापति बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई