Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

२०८१, २३ असार आईतवार ०६:४६

असार २३, काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको अन्तिम तयारीमा रहेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने दाबी गरेको छ। 

आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यवहारिक लगायत सबै कारणहरूबाट धारा ७६ (२) बमोजिम नै सरकार बन्ने स्पष्ट पारेको हो। 


‘यसका व्यवहारिक, सर्वोच्च अदालतका नजिरहरू, राजनीतिक, संवैधानिक सबै कारणले गर्दा पनि ७६(२) बमोजिम नै सरकार बन्छ। पहिलो कुरा, हाम्रा अभ्यासहरू त्यही नै छन्,’ बैठकपछि पार्टी प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसल मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि त्यो आधारबाट पनि ७६(२) बमोजिम अघि बढ्न सक्छौँ।’

उनले कोसी र गण्डकी प्रदेशको नजिरबारे व्याख्या गर्दै केन्द्रमा पनि त्यस्तै हुने पनि बताए। 

‘सर्वोच्चका केही नजिरहरू पनि छन्। अहिले गण्डकी प्रदेश सरकार १६८ (२) बमोजिमको हो। पहिलो खगराज अधिकारी माननीयज्यूको सरकार  १६८ (२) बमोजिमको थियो,’ बर्तौलाले भने, ‘अहिले पनि  १६८ (२) बमोजिमककै छ। त्यस्तै, कोसीमा १६८ (५) बमोजिम भयो, पछाडि अहिले त्यही धारा बमोजिम बन्यो।’

उनले संविधानको धारा ७६ (३) बमोजिम सरकार बनाउनुपर्ने भन्दै अहिले राजनीतिक वृत्तमा भ्रमपूर्ण प्रचार गर्न खोजिएको बर्तौलाको भनाइ थियो। 

‘अर्को कुरा, ७६ (३) बमोजिम बन्ने सरकार भनेको नेपाली कांग्रेस ठूलो दलको हिसाबले सरकार बनाउने भन्ने व्याख्या गर्न खोजिएको छ। यो संविधानलाई भ्रमपूर्ण प्रचार गर्न खोजिएको विषय हो,’ उनले भने। 

उनले अघि थपे, ‘संविधानको धारा ७६ (३) बमोजिम बन्छ भनेको सरकार स्वयंले नेपालको संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बनाउन नेपाली कांग्रेस र एमाले यसरी जाँदैछौँ भन्ने कुराको एउटा समझदारी बनाएर अघि बढेको अवस्था छ। यो भनिरहेको भनेको मुलुकलाई अस्थिरतातर्फ लान सकिन्छ कि भन्ने खालको षड्यन्त्र हो। यो सरकार ७६(२) बमोजिमबाटै बन्छ। अन्य विषय केवल भ्रम सिर्जना गर्न खोजिएको पनि हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै