पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/436f176c72c86bf5156b064ff816a0301477730172.jpg" style="width: 750px; float: left;"><b>कात्तिक १३, काठमाडौं |</b> प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने बताएका छन् । दाहालले आफू निर्वाचित भएको क्षेत्र सिरहा क्षेत्र नं ५ को प्रतिनिधिमण्डलद्वारा बुझाइएको ज्ञापनपत्र लिदैं यस्तो प्रतिबद्धता जनाएका हुन् ।<br></p><p>प्रधानमन्त्री दाहालले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजनाहरु अघि सारेको बताउँदै क्षेत्र नं ५ मा पूर्वको सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माण तथा पूर्व पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने बताए । उनले सिरहामा खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस आदिका लागि पनि आफूले पहल गरेको जानकारी दिए ।</p><p>शनिबार पूर्वमन्त्री विश्वनाथ शाह, क्याप्टेन देवकुमार लामासहितको प्रतिनिधिमण्डलले सिरहाको विकास निर्माणमा ध्यान दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको थियो । </p>

