Skip to content
Friday, July 17, 2026 Nepali Online Media

संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य – कोइराला

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आज तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने भन्दै संविधान संसोधन अनिवार्य रहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको संविधान पूर्ण छैन,संसोधन आवश्यक छ । त्यसैले पहिले विभिन्न क्षेत्रबाट उठिरहेका जायज मागहरुलाई समेटेर संविधान संसोधन गर्नुपर्छ,अनिमात्रै संविधान कार्यान्वयन हुन्छ,र चुनाव गर्न सकिन्छ ।’

कोईरालाले संविधान कार्यान्वयन पछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले भने,– ‘अहिलेको पहिलो आवश्यकता संविधान कार्यान्वयनको हो त्यसपछि चुनाव,त्यसैले यसका लागि सबै दलले राष्ट्रप्रतिको कर्तव्य पुरा गर्नुपर्छ,मिलेर अघि बढ्नुपर्छ ।’

कोईरालाले जिल्लाको विकासका लागि ओखलढुंगाबाट निर्वाचीत सांसदहरुले खेलेको भूमिका देशमै नमुनाको रहेको भन्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती सहित सांसदहरु यज्ञराज सुनुवार,रामहरि खतिवडा लगाएतको सहभागिता थियो ।

ट्रेकिङ एजेन्सी एशोसीयसन अफ नेपाल (टान) र फ्रेन्सीप युवाक्लवको संयुक्त आयोजनामा आज देखि ओखलढुंगाको वरुणेश्वर रामपुरमा तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ ।