पढ्न करिब 3 मिनेट लाग्छ

पूर्णप्रसाद न्यौपाने/कात्तिक २१, ओखलढुंगा । ओखलढुंगालाई १ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ ।

‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले दलहरुको सहमतिका आधारमा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका बनाउने निर्णय गरेको हो । जिल्ला स्थित प्राविधिक समितिले आईतबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको छ ।

साविकको कुईभिर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरे र माम्खालाई समेटेर चिशंखुगढी गाउँपालिका र उक्त गाउँपालिकाको केन्द्र खानीभन्ज्याङ्ग वा सेर्नालाई प्रस्ताव गरिएको छ ।

तलुवा, ठूलाछाप,अधेरीनाराणस्थान, रुम्जाटार, वर्नालु, जन्तरखानी, विगुटार गाविस र वरुणेश्वर गाविसको वडा नं. ९, सल्लेरी, ज्यामिरे, बेतिनी, ओखलढुंगा र वरुणेश्वरको वडा नं ८ समेटेर सिद्धिचरण नगरपालिका र नगरपालिकाको केन्द्र ओखलढुंगा सदरमुकामलाई प्रस्ताव गरिएको छ ।

त्यस्तै मोली, वाक्सा, उवुँ,केत्तुके, मानेभन्ज्याङ्ग, थाक्ले, टोक्सेल, माधवपुरलाई समेटेर मानेभन्ज्याङ्ग गाउँपालिका र त्यसको केन्द्रमा मानेभन्ज्याङ्गलाई प्रस्ताव गरिएको छ । वलखु, सिस्नेरी, मूलखर्क, च्यानम र कटुञ्जे गाविसलाई समेटेर सुनकोशी गाउँपालिका र त्यसको केन्द्र मूलखर्क वा च्यानमलाई बनाउने प्रस्ताव गरिएको छ ।

पलापु, कालिका, फेदीगुठ, फूलवारी, विलन्दु र रानीवनलाई समेटेर चम्पादेवी गाउँपालिका र त्यसको केन्द्र चिप्लिङ्ग वा घोराखोरी लाई प्रस्ताव गरिएको छ ।

सिंहदेवी,नर्मदेश्वर, यसम, गाम्नाङ्गटार, टारकेरावारी र पोकलीको १ देखि ८ सम्मका वडाहरु समेटेर लिखू गाउँपालिका र त्यसको केन्द्र गाम्नाङ्गटार वा यसमलाई प्रस्ताव गरिएको छ ।

रगनी, खिजीचण्डेश्वरी, खिजीकाती, खिजीफलाटे, रावादोलु,भूसिंगा, पोकलीको ९ नं. वडा र पात्लेको ३, ४, ५ र ६ नंं. वडाहरु समेटेर खिजीदेम्बा गाउँपालिका र त्यसको केन्द्र खिजीफलाटेलाई प्रस्ताव गरिएको छ ।

कुन्तादेवी, हर्कपुर, प्राप्चा, श्रीचौर,राँगादीप, पात्लेको १, २, ७, ८ र ९ नं. वडाहरु र वरुणेश्वरको १ देखि ७ नं. वडाहरुलाई समेटेर मोलुङ्ग गाउँपालिका र त्यसको केन्द्र रामपुर वा प्राप्चा लाई प्रस्ताव गरिएको छ ।

लामो समयको सर्वपक्षीय तथा सर्वदलिय छलफल र अन्तरक्रियाबाट आयोगले पठाएको कार्यविधी अनुसार पुनसंरचनाको काम गरिएको स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनसंरचना प्राविधिक समितिका संयोजक यज्ञबहादुर खत्रीले बताउनुभयो । कतिपय गाउँपालिकाको केन्द्र तोक्ने विषयमा राजनैतिक दलहरुवीच सहमति हुन नसकेकोले २ वटा केन्द्र तोकेर प्रस्ताव गरिएको उहाँको भनाई छ ।

स्थानीयतह पुनर्संरचनाका उद्देश्य जनतालाई प्रशासनिक सुगमता कायम गर्ने समेत रहेको भएपनि पहाडी भू–भागमा जनसंख्याको मापदण्डलाई आधारमानेर गाउँपालिका÷नगरपालिका तथा वडा कायम गर्न सम्भव नभएकाले स्थानीय जनताले सेवा प्राप्त गर्न सहज दुरी कायम गर्नु अनिवार्य आवश्यकता भएको विषयलाई मनन् गरी भौगोलिक जटिलतालाई सम्बोधन गर्ने गरी वडा संख्या कायम गरिएको योजना अनुगमन तथा प्रशासकिय अधिकृत विष्णुहरि बरालले बताउनुभयो ।

प्रस्तावित चम्पादेवी गाउँपालिका अन्तर्गत साविक पलापु गा.वि.स.को १, २, ३, ४ र ५ नम्वर वडाहरुलाई विशेष क्षेत्र कायम गर्ने र उक्त गा.वि.स.को ६, ७, ८ र ९ नम्वर वडाहरुलाई संरक्षित क्षेत्र कायम गर्ने गरी सिफारिस गरी केन्द्रीय आयोगमा पठाउने निर्णय गरिएको उहाँको भनाई छ ।

स्रोतका अनुसार प्रस्तावित मोलुङ्ग गाउँपालिका अन्तर्गत पर्ने साविक पात्ले गा.वि.स.को वडा नं. ७ र ८ का पहरी जातिलाई संरक्षित क्षेत्र कायम गर्ने गरी सिफारिस गरी केन्द्रीय आयोगमा पठाउने निर्णय समेत भएको छ ।

तल हेर्नुहोस् प्रस्तावित नगरपालिका,गाउँपालिका केन्द्र र वडा लगाएतको पूर्ण विवरण