पूर्णप्रसाद न्यौपाने,कार्तिक २१, ओखलढुंगा ।ओखलढुंगालाई १ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,कार्तिक २१, ओखलढुंगा ।ओखलढुंगालाई १ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले द"/>

2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा १ नगरसहित ८ स्थानीय तह बन्ने (हेर्नुस् आयोगमा पठाएको प्रस्ताव)

पूर्णप्रसाद न्यौपाने/कात्तिक २१, ओखलढुंगा । ओखलढुंगालाई १ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले दलहरुको सहमतिका आधारमा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका बनाउने निर्णय गरेको हो । जिल्ला स्थित प्राविधिक समितिले आईतबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको छ । 

साविकको कुईभिर, पोखरे, दियाले, रातमाटे,सेर्ना,भदौरे र माम्खालाई समेटेर चिशंखुगढी गाउँपालिका र उक्त गाउँपालिकाको केन्द्र खानीभन्ज्याङ्ग वा सेर्नालाई प्रस्ताव गरिएको छ ।

तलुवा,ठूलाछाप,अधेरीनाराणस्थान, रुम्जाटार, वर्नालु, जन्तरखानी, विगुटार गाविस र वरुणेश्वर गाविसको वडा नं. ९,सल्लेरी, ज्यामिरे, बेतिनी, ओखलढुंगा र वरुणेश्वरको वडा नंं ८ समेटेर सिद्धिचरण नगरपालिका र नगरपालिकाको केन्द्र ओखलढुंगा सदरमुकामलाई प्रस्ताव गरिएको छ । 

त्यस्तै मोली,वाक्सा,उवुँ,केत्तुके,मानेभन्ज्याङ्ग, थाक्ले, टोक्सेल,माधवपुरलाई समेटेर मानेभन्ज्याङ्ग गाउँपालिका र त्यसको केन्द्रमा मानेभन्ज्याङ्गलाई प्रस्ताव गरिएको छ । वलखु,सिस्नेरी,मूलखर्क,च्यानम र कटुञ्जे गाविसलाई समेटेर सुनकोशी गाउँपालिका  र त्यसको केन्द्र मूलखर्क वा च्यानमलाई बनाउने प्रस्ताव गरिएको छ । 

पलापु, कालिका, फेदीगुठ, फूलवारी, विलन्दु र रानीवनलाई समेटेर चम्पादेवी गाउँपालिका र त्यसको केन्द्र चिप्लिङ्ग वा घोराखोरी लाई प्रस्ताव गरिएको छ । सिंहदेवी,नर्मदेश्वर, यसम, गाम्नाङ्गटार, टारकेरावारी र पोकलीको १ देखि ८ सम्मका वडाहरु समेटेर लिखू गाउँपालिका र त्यसको केन्द्र गाम्नाङ्गटार वा यसमलाई प्रस्ताव गरिएको छ । 

रगनी, खिजीचण्डेश्वरी, खिजीकाती, खिजीफलाटे, रावादोलु,भूसिंगा, पोकलीको ९ नं. वडा र पात्लेको ३, ४, ५ र ६ नंं. वडाहरु समेटेर खिजीदेम्बा गाउँपालिका र त्यसको केन्द्र खिजीफलाटेलाई प्रस्ताव गरिएको छ । कुन्तादेवी, हर्कपुर, प्राप्चा, श्रीचौर,राँगादीप, पात्लेको १, २, ७, ८ र ९ नं. वडाहरु र वरुणेश्वरको १ देखि ७ नं. वडाहरुलाई समेटेर मोलुङ्ग गाउँपालिका र त्यसको केन्द्र रामपुर वा प्राप्चा लाई प्रस्ताव गरिएको छ ।  

लामो समयको सर्वपक्षीय तथा सर्वदलिय छलफल र अन्तरक्रियाबाट आयोगले पठाएको कार्यविधी अनुसार पुनसंरचनाको काम गरिएको स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनसंरचना प्राविधिक समितिका संयोजक यज्ञबहादुर खत्रीले बताउनुभयो । कतिपय गाउँपालिकाको केन्द्र तोक्ने विषयमा राजनैतिक दलहरुवीच सहमति हुन नसकेकोले २ वटा केन्द्र तोकेर प्रस्ताव गरिएको उहाँको भनाई छ । 

स्थानीयतह पुनर्संरचनाका उद्देश्य जनतालाई प्रशासनिक सुगमता कायम गर्ने समेत रहेको भएपनि पहाडी भू–भागमा जनसंख्याको मापदण्डलाई आधारमानेर गाउँपालिका÷नगरपालिका तथा वडा कायम गर्न सम्भव नभएकाले स्थानीय जनताले सेवा प्राप्त गर्न सहज दुरी कायम गर्नु अनिवार्य आवश्यकता भएको विषयलाई मनन् गरी भौगोलिक जटिलतालाई सम्बोधन गर्ने गरी वडा संख्या कायम गरिएको योजना अनुगमन तथा प्रशासकिय अधिकृत विष्णुहरि बरालले बताउनुभयो ।  प्रस्तावित चम्पादेवी गाउँपालिका अन्तर्गत साविक पलापु गा.वि.स.को १, २, ३, ४ र ५ नम्वर वडाहरुलाई विशेष क्षेत्र कायम गर्ने र उक्त गा.वि.स.को ६, ७, ८ र ९ नम्वर वडाहरुलाई संरक्षित क्षेत्र कायम गर्ने गरी सिफारिस गरी केन्द्रीय आयोगमा पठाउने निर्णय गरिएको उहाँको भनाई छ । स्रोतका अनुसार प्रस्तावित मोलुङ्ग गाउँपालिका अन्तर्गत पर्ने साविक पात्ले गा.वि.स.को वडा नं. ७ र ८ का पहरी जातिलाई संरक्षित क्षेत्र कायम गर्ने गरी सिफारिस गरी केन्द्रीय आयोगमा पठाउने निर्णय समेत भएको छ । 

तल हेर्नुहोस् प्रस्तावित नगरपालिका,गाउँपालिका केन्द्र र वडा लगाएतको पूर्ण विवरण 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई