Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री प्रचण्ड आज सिरहा आउँदै, सुरक्षा व्यवस्था कडा

By kit 7 मिनेट पढाइ

राम नारायण पंडित/कात्तिक २६, सिरहा । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न आज (शुक्रबार) सिरहाको चोहर्वा आउन लागेको छन् ।

प्रधानमन्त्रिमा निर्वाचित भएपछि यसअघि आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय गरेपनि अन्तिम समयमा आएर मौसमका कारण कार्यक्रम स्थगित गरेका प्रधानमन्त्रि प्रचण्ड पुनः सिरहाको चोहर्वा जनतासँग भेटघाट गर्न आउन लागेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले बताए ।

यसअघि सिरहाको मिर्चैयामा भदौ २७ गते आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गरेका प्रधानमन्त्रि प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः आज दिउँसो १ बजे सिरहाको चोहर्वामा रहेको सनता उमाबिमा आयोजना गरिएको जनसभाको सम्बोधन गर्न अउन लागेको आयोजकले बताए ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रचण्डले मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सिरहा आउन लागेको बताईएको छ ।

प्रचण्डको मिर्चैयामा रहेको मोहन उमाबिको हाताभित्र आवासिय नमुना भबनको शिलान्यास  र चोहर्वामा ट्मा सेन्टरको शलान्यास गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रचण्डको सुरक्षामा एक हजार प्रहरी परिचालन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डको सुरक्षमा सिरहामा एक हजार प्रहरी परिचालन गरिएको छ ।

प्रधानमन्त्रि प्रचण्डको सुरक्षाको ध्यानमा राखदै कार्यक्रम स्थलको करीब १ किलोमिटर परिपरी प्रहरीले कब्जा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनसार प्रचण्डको सुरक्षाको ध्यानमा राखदै नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी करीब १ हजार प्रहरी परिचालन गरिएको बताए । प्रचण्डको सुरक्षामा काठमांडौको बिषेश प्रहरी टोली, पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका टोली सहित एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि निरास भएका सिरहावासी पुनः प्रचण्डको भव्य स्वागतको तयारीमा ।

यसअघि प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य  स्वागत गर्ने तयारीमा जुटेका छन् ।

संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् । प्रधानमन्त्री प्रचण्डले सम्वोधन गर्नु हुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजकले बताए । यसअघि प्रधानमन्त्रि प्रचण्ड मौसमको खराबीका कारण जनसभालाई सम्बोधन गर्न मिर्चैया नआएपछि सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका थिए ।

प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनताहरु अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका थिए ।

प्रधानमन्त्रिको सम्वोधन प्रत्यक्ष रुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा वसिरहका थिए । त्यो बेला प्रचण्डलाई स्वागत गर्न ५१ केजीको माला पनि बनाइएको थियो ।