2026-06-26 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा निर्वाचनका लागि गाउँ अभियान सुरु गर्न निर्देशन

कात्तिक २७, भक्तपुर । आउँदो स्थानीय निर्वाचनलाई पूर्णरुपमा सफल पारी भक्तपुरका नगरपालिकामा जित्ने गरी गाउँ अभियान सुरु गर्न एमालेका नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नेकपा (एमाले) २ नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले नेताहरुले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सानुकुमार श्रेष्ठले वर्तमान सरकारले आगामी पाँच महिनाभित्र कुनै हालतमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो – “स्थानीय निकायको निर्वाचन गर्ने समय अब धेरै छैन, सबै ठाउँमा एमालेलाई जिताउनुपर्छ यसका लागि सबै कार्यकर्ताले गाउँ अभियान सुरु गर्नुस् ।” 

सरकारले कुनै हालतमा चुनावलाई टार्न नसक्ने चर्चा गर्दै उहाँले स्थानीय निकायको निर्वाचन ढिलो भए प्रदेश र संसदीय निर्वाचनलाई असर पर्ने भएकाले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् एमालेका युवा नेता महेश बस्नेतले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । 

निर्वाचनलाई कुनै बहानामा पर सार्न खोजे जनता चुप नबस्ने बताउँदै उहाँले निर्वाचन छिटो गर्न जनदबाब सिर्जना गर्ने बताउनुभयो । 

त्यस अवसरमा एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजा, मध्यपुर नगर संयोजक मदनसुन्दर श्रेष्ठलगायतले गाउँ गाउँमा चुनावी अभियान लैजाने बताउनुभयो । 

एमाले २ नं निर्वाचन क्षेत्रीय अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा सम्पन्न अधिवेशनले भोलि नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ