२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अंगिकृत नागरिकतामा एमालेले भ्रम फैलायो : सभापति देउवा

२०७३, २७ कार्तिक शनिबार १४:१८

कमल सुबेदी, कात्तिक २७, पोखरा । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले नागरिकता को बिषयमा नाजायज प्रचार गरेको आरोप लगाए । तरणदल नेपालको शनिवार पोखरामा उद्घाटन गर्दै उनले अंगिकृत नागरिकताका विषयमा काग्रेस नलागेको समेत प्रष्ट पारे । पत्रपत्रिकाले समेत अंगिकृत नागरिकताका विषयमा उचालेको बताउदै उनले आक्रोश पोखे । अन्तरिम सविधानमा भएको विषयलाई संबिधानमा राख्न खोजेको हो यसलाई एमालेले भ्रम फैलाएको देउवाले आरोप लगाए ।

संबिधान  कार्यन्यका लागि सबै दल एक जुट भएर अगाडी बढ्नु पर्ने बताउदै उनले सबै दल मिलेर चुनाव गर्न सकेमा संविधान कार्यान्यन हुने बताए ।  पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले निर्वाचन नभए सम्म संविधान कार्यान्यन नहुने बताए । स्थानीय निर्वाचनमा जित्न नेपाल तरण दलमा सर्वसहमती हुन आवश्यक रहेको बताए । उनले तरण दलका युवाहरु जिल्ला गएर संविधान र काग्रेका बारेमा फैलाएका नकारात्मक धारणलाई चिर्न समेत आग्रह गरे ।

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल केही देखिका असन्तुटिलाई समेटर सम्सोधन गरि निर्वाचन गर्ने बातावराण बनाउनु पर्ने बताउदै संबिधान जारी गर्ने दलहरु एकै ठाउमा उभिनुपर्नेमा जोड दिए । नेपाली काग्रेसका महामन्त्री डा. शसाङक कोइरालले सविधान गतिसिल दस्ताबेज भएका कारण आवश्यकता अनुसार सम्ंसोधन गरेर जानुपर्ने बताए । नेपाली काग्रेसका कोषाध्यक्ष तथा शान्ति तथा पुर्न्निमार्ण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रिया टुङगोमा लगाउन कानुन परिर्वतन गरेर भए पनि अगाडी बढ्ने बताइन् । 

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ । बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन् ।

तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ । उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी ठुलो संख्यामा सहभागी भएका थिए । महाधिबेसनमा करिब १४ सय भन्दा बढि प्रतिनिधिहरुले भाग लिएका छन् । भक्तपुर र सप्तरीमा अधिबेसन नै नभएका कारण ७३ जिल्लाबाट सहभागी छन् ।

निधि बोल्दा कार्यकर्ताद्धारा बिरोध

यता कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधि बोल्दै थिए । संबिधानमा भाषाका कुरा कस्तो हुने भन्ने बिषयमा कुरा राख्दै थिए कार्यक्रममा उपस्थित कार्यकर्ताले हुटिङ्ग गर्न सुरु गरे । बोल्दा बोल्दै निधिले किन हल्ला गरेको भनेर कार्यकर्तालाई हपार्न सुरु गरे । उनले हिन्दी भाषाको कुरा गर्न नपाउदै कार्यकर्ताले बिरोध जनाएका हुन् । निधिले अन्य  सार्वजनिक कार्यक्रमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने बताएकोले आज पनि यस्तै कुरा आउछकि भनेर बिरोध जनाएको एक सहभागिले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो