कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडस"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ अन्त्य गर्छु भन्दै हिँड्ने काम राम्रो होईन: घिसिङ

२०७३, २९ कार्तिक सोमबार ११:५६


कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन् । उनले भने,‘लोडसेडिङ अन्त्य गर्छु भन्दै  हिँड्ने काम राम्रो होईन, व्यवस्थापन महत्वपूर्ण कुरा हो ।’ उनले व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको जिकिर गरे ।

कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ कम गर्नेवारेमा आफूले एक्लैले काम गरेको जसरी बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै भने,‘कुलमानले एक्लैले यो काम गर्यो भनेर चर्चा गर्नु न्यायसंगत हुँदैन, यो सत्य होईन ।’ उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको स्पष्ट पारे ।

उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्नको लागि अहिलेदेखि नै काम भैरहेको पनि जानकारी दिए । उनले थपे,‘लाईन सवस्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भैरहेको छ, आपूर्तिमा पनि हामीले ध्यान दिएका छौं ।’ यो दुई महिना लोडसेडिङमुक्त कसरी गर्ने भन्ने योजनामा आफूहरु रहेको उल्लेख गर्दै घिसिङले थपे,‘यो दुई महिना हामी सफल भयौं भने वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्छौं ।’

प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपुर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको उनले दाबी गरे । उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको उनको भनाई थियो ।

उनले अहिले प्राधिकरणमा कुनै समस्या नभएको समेत जिकिर गरे । घिसिङले थपे,‘झगडा भयो भनेर प्रचार गरिएको छ, अहिले स्मूथली काम भैरहेको छ ।’ उनले उर्जामन्त्रीको कार्यक्रमलाई सफल बनाउनको लागि १० हजार कर्मचारीले काम गरिरहेको बताउँदै यो राष्ट्रिय अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी