मङ्सिर १, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । 

आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । 

आज"/>

२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०७३, १ मंसिर बुधबार १३:३०

मङ्सिर १, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । 

आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झैँ कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताए । 

उनले भने-, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो संविधान स्वीकार गरेका छैनन् । सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ । संविधान संशोधनको कुरा चलेको छ । हामीले २६ बँुदे माग प्रधानमन्त्री कार्यालयमा पनि दर्ता गराएका छौँ ।” 

संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमि/थातथलो र पहिचान एवम् सामथ्र्यका आधारमा एकल जातीय बाहुल्यता भएको प्रदेश निर्माण हुनुपर्ने, सङ्घीयताको मूल मर्म अवशिष्ट अधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यवस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायतका महिलाको पहिचान हुनेगरी संवैधानिक व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ । 

साथै, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई राष्ट्रको ढकुटीबाट स्वास्थ्य उपचारका नाममा करोडौँ खर्चिने परिपार्टी अन्त्य हुनुपर्ने, कालोबजारी र अनियन्त्रित महँगी नियन्त्रित हुनुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन