मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभ"/>

2026-06-25 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश विखण्डन गराउन दिँदैनौँ – पूर्वमन्त्री बस्नेत

मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा शनिबार उहाँले केही व्यक्तिको स्वार्थमा भइरहेको कार्यको पर्दाफास गर्दै कुनै हालतमा देश विखण्डन गर्न नदिने बताउनुभएको हो । 

देशभित्र जातजाति र भाषाभाषीको नाममा द्वन्द्व सिर्जना गराई देशलाई विखण्डन गराउने षडयन्त्रले संविधान संशोधनको कुरा आइरहेको बताउँदै उहाँले तराई, हिमाल र पहाडलाई छुट्याएर प्रदेश बने देशको अस्तित्व मेटिने विचार व्यक्त गर्नु भयो । 

उहाँले सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा अहिलेको प्रदेश नं ५ मा तराईका जिल्लामात्र समावेश गरी तराई र पहाडबीच विखण्डन ल्याउनेखालको संशोधन प्रस्तावको तयारी गरिरहेको बताउँदै यसका विरुद्ध जनताले खबरदारी गर्ने उल्लेख गर्नु भयो । 

कार्यक्रममा निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, युवा साकोसका सचिव सोम शर्मा बजगार्इंले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा सहकारीले ओगटेकाले मुलुकको विकास निर्माणमा सहकारीको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने