Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्थानीय तह पुनःसंरचना बैतडीमा विवाद कायमै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, बैतडी । बैतडीमा स्थानीय तहको पुनःसंरचनामा फेरि विवाद देखिएको छ ।

स्थानीय तहको पुनःसंरचना आयोगले बैतडीलगायत १९ वटा विवादित जिल्लामा विवाद मिलाएर गाउँपालिका, नगरपालिका, वडाको सीमाङ्कन, नामाङ्कन र केन्द्र तोकेर पठाउन निर्देश गरे पनि स्थानीयस्तरमा अझै सहमति जुट्न नसक्दा विवादित ठाउँको विवाद मिलाउन आयोगलाई नै आग्रह गरेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ ।

समितिले तीनवटा नगरपालिका र सातवटा गाउँपालिकाको खाका आयोगमा पठाएको थियो । तर प्राविधिक समितिले पठाएको खाकामा विभिन्न क्षेत्रका बासिन्दाले विरोध गरेपछि आयोगले सो समितिलाई पत्राचार गरेको थियो ।

आयोगको पत्र प्राप्त भएको र विवाद मिलाउन सकिने ठाउँमा विवाद मिलाएर पठाएको तर केन्द्रको हकमा भने केही ठाउँमा वैकल्पिक केन्द्रसहित पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो । रासस