2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सकारात्मक सोचले मात्र राष्ट्र् निर्माण गर्न सकिन्छ : अध्यक्ष ठाकुर

मंसिर १०, पर्सा । वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताउनुभयो ।

यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन्, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ, उहाँले भन्नुभयो – ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ ।’

शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योग गुरु स्वामी रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताउनुभयो ।

उहाँले हिमाली, पहाडी र मधेसी भन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

“योगले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइ रोगी हुनबाट बचाउने काम मात्र नगरी व्यक्तिको नकारात्मक सोचलाई समेत नष्ठ गरी देश जनता र समाजप्रति जिम्मेवार बनाउने काम गर्छ” स्वामी रामदेवले भन्नुभयो –“स्वास्थ्य समाज निर्माणका लागि स्वास्थ्य विचार, अध्यात्ममा विश्वास, व्यक्तिलाई इमादार तथा निष्ठावान हुन आवश्यक रहेकाले आफू विश्वभरी योग शिविरको अयोजना गरी यिनै विशेषतालाई योगको मध्यमले व्यक्तिमा प्रविष्ट गराउने काम गरिरहेको छु ।”

उहाँले विश्वभरीको मानव कल्याण नै शान्ति, सुविचार, अहिंसामा केन्द्रित भएकाले एकता, राष्ट्र प्रेम, सु–स्वास्थ्य र सुविचारको सन्देशलाई विश्वभरी भ्रमण गरी छर्ने काम गर्दै आएको भन्नुभयो ।

बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

शिविरमा नेपालको बारा, पर्सा, रौतहट, मकवनापुर र चितवन र भारतको सीमावर्ती सहर रक्सौल, सुनौली, रमगढवालगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द