2026-09-12 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सकारात्मक सोचले मात्र राष्ट्र् निर्माण गर्न सकिन्छ : अध्यक्ष ठाकुर

मंसिर १०, पर्सा । वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताउनुभयो ।

यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन्, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ, उहाँले भन्नुभयो – ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ ।’

शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योग गुरु स्वामी रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताउनुभयो ।

उहाँले हिमाली, पहाडी र मधेसी भन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

“योगले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइ रोगी हुनबाट बचाउने काम मात्र नगरी व्यक्तिको नकारात्मक सोचलाई समेत नष्ठ गरी देश जनता र समाजप्रति जिम्मेवार बनाउने काम गर्छ” स्वामी रामदेवले भन्नुभयो –“स्वास्थ्य समाज निर्माणका लागि स्वास्थ्य विचार, अध्यात्ममा विश्वास, व्यक्तिलाई इमादार तथा निष्ठावान हुन आवश्यक रहेकाले आफू विश्वभरी योग शिविरको अयोजना गरी यिनै विशेषतालाई योगको मध्यमले व्यक्तिमा प्रविष्ट गराउने काम गरिरहेको छु ।”

उहाँले विश्वभरीको मानव कल्याण नै शान्ति, सुविचार, अहिंसामा केन्द्रित भएकाले एकता, राष्ट्र प्रेम, सु–स्वास्थ्य र सुविचारको सन्देशलाई विश्वभरी भ्रमण गरी छर्ने काम गर्दै आएको भन्नुभयो ।

बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

शिविरमा नेपालको बारा, पर्सा, रौतहट, मकवनापुर र चितवन र भारतको सीमावर्ती सहर रक्सौल, सुनौली, रमगढवालगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस