Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १५ गते, बिहान ५:४३ बजे
कास्की - KSK

संबिधान संसोधनको विरोधमा पोखराका बिद्यार्थीहरु सडकमा

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल सुबेदी/मंसिर १५, पोखरा । संबिधान संसोधन प्रस्तावको विरोधमा  पोखरामा बिद्यार्थीहरु सडकमा उत्रेका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पोखरामा चक्काजाम गरेको हो । अनेरास्वबियु पिएन क्याम्पस र त्रिबि जिल्ला कमिटि ले पृथ्बी नारायण क्याम्पस अगाडि विहान चक्काजाम गरेको हो । 

बिरोध कार्यक्रममा बोल्दै अनेरास्वबियुका केन्द्रिय सदस्य आर्शिबाद सुबेदीले यो सरकारको भारतिय दलाल सँग साठगाठ भएकोले  संबिधान संशोधन प्रस्ताब गरेको आरोप लगाए । हिजो बेलुका खाना खाएर सुतेका प्रदेश न ५ का जनता रातारात ४ नम्बर प्रदेशमा परे कुनै दिन नेपाली हरु भारतमा समेत परिनेमा डर भएको बताए ।राष्ट्रघाति काम गर्ने यो सरकार र नेपाली कांगे्रसले  ठुलो मुल्य चुकाउनुपर्ने  बताए । त्रिबि जिल्ला कमिटिका संयोजक बिवेक देवकोटाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

 सरकारले गद्धारी काम गर्दै गयो भने आन्दोलबाट नै यो सरकार ढाल्ने उनले  चेतावनी दिए ।   अनेरास्ववियु कास्कीका अध्यक्ष राजन शर्मा पराजुलीले  बिद्यार्थीहरुको आन्दोलन ले नेपालका धेरै दलालीहरु र राष्ट्रघातिको अन्त्य भएकोले सबै राष्ट्रप्रेमी जनताहरु एक हुनुपर्ने बताए ।