Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १५ गते, बिहान ७:५० बजे
काठमाडौँ - KTM

संशोधन प्रस्तावको विरोधमा बुटवलमा यातायात ठप्प

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


मङ्सिर १५, बुटवल । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा आज बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ । 

पाँच नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् । 

चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् । पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहँुदासम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो । 

भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सापिप्यता समेटिएका पाँच नम्वर प्रदेशलाई टुक्रयाउन नहुने धारणा उनीहरुको छ । 

बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रद्धर्शन भइरहेको छ । रासस