Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्यूठान र रोल्पामा आन्दोलन थप आक्रमक बन्दै, आज प्यूठान-रोल्पाको संयुक्त विरोध सभा हुने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एलिसा बस्नेत । मङ्सिर १५, प्यूठान | संविधान संसोधनको बिरोधमा केही दिनदेखि चलेको आन्दोलन आक्रमक बन्दै गएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई अलग गरेको बिरोधमा प्यूठान र रोल्पामा जारी आन्दोलन थप आक्रमक र हिंसात्मक हुने संकेत देखा परेको हो ।

बुधबार प्यूठान जिल्लाका मुख्य बजारी चोकहरुमा टायर बालेर विरोध प्रदर्शन गरेका प्यूठानवासीको आन्दोलनले सशक्त रुप लिने संकेत देखिएको छ । बिहिबार चर्तुजभुजमा प्यूठान रोल्पाका जनताले संयुक्त विरोध सभा गर्ने भएका छन् । विजुवार मित्रमणी चोकमा कोण सभाको सम्बोधन गर्दै संघर्ष समितिका सदस्य शान्ता आर्चायले सरकारले प्यूठानी जनताको आँखामा छारो हालेको भन्दै ५ नं प्रदेश हेरफेरको निणर्य फिर्ता नदिए सम्म सडकमा उर्तिरहने बताइन् । ‘आज सरकारले हामी प्यूठानी जनतालाई कान्छी आमाको सन्तान जस्तै गराएको छ,’–‘आचार्यले भनिन्–‘हामी मर्न तयार छौं तर हाम्रो पछिल्लो पुस्तालाई सहजताको बाटो देखाएरै छोड्ने छौं ।’

सवै हिसावले पुस्तौं पुस्ता पहिले देखि जोडिएको दाङ, वुटवल लगायत छिमेकी जिल्लाहरुसंगको सम्बन्धलाई छुट्टाएर व्यापार व्यवसाय लगायत सम्पूर्ण क्षेत्रबाट प्यूठान रोल्पालाई पछाडि पार्न खाजेकोले यो निणर्य कुनै पनि हालतमा मान्य नहुने नेकपा माओवादी केन्द्रमा नेता कृष्ण अधिकारीले बताए । प्यूठानी जनतालाई सरकारले कहिले प्रदेश नं.६ त कहिले चार गर्दै माछो माछो भ्यागुतो गराएकोले तुरुन्त यो निणर्य सञ्चाउनु पर्ने चेतावनी दिएका छन् ।

शान्तिपूर्ण ढंगको आन्दोलनबाट राज्यलाई विरोधको संकेत दिइरहदा पनि बेवास्ता गरेकोले अब आन्दोलनले फरक रुप लिन सक्ने जिल्ला स्थित राजनीतिक दलका नेताहरुको भनाई ।  दिउँसो नयाँ बजार जुम्री आकस्मिक बसेको संयुक्त संघर्ष समितिको बैठकले आन्दोलनलाई अझै सशक्त रुपले अगाडि बढाउने निणर्य गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा बसेको बैठकले विहिबार चर्तुभुजमा प्यूठान र रोल्पाको संयुक्त विरोध सभा गर्ने, आजैबाट काठमाण्डौंमा आन्दोलन संगठित गर्न सभासद्, राजनैतिक कार्यकर्ता र  आन्दोलन समर्थन गर्ने जनतालाई सम्पर्क गर्ने र शनिवार प्यूठानका दशवटा बजार इलाकाहरुमा कोणसभा गरी जनसहभागिता जुटाउने  लगायतका निणर्य गरेको संघर्ष समितिका संयोजक मुक्ति प्रसाद शर्माले जानकारी दिए । उक्त बैठकले आन्दोलनका क्रममा आम जनतामा पर्न गएको असुविधा प्रति राज्य नै जवाफदेही हुनु पर्ने निणर्य समेत गरेको छ ।