मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसो"/>
2026-11-02 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा दिनभर तनाव, प्रहरीमाथी ढुङ्गा हानियो, ६ बजेपछि बन्द खुल्यो

मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसोधनको लागि संसदमा  प्रस्ताव दर्ता भएपछि यसको चर्को विरोध भएको छ ।  विहिवार लुम्बिनी अञ्चलका ३ जिल्लाहरु, गुल्मी, अर्घाखाँची  र पाल्पामा पुर्णरुपमा ठप्प भयो भने रुपन्देहीको बुटवल दिनभर तनावग्रस्थ भयो । कपिलवस्तुको राजमार्गमा गाडी चलेन्न भने नवलपरासीको बर्दघाट सम्म पनि गाडी चलेनन्, बजार बन्द भयो । 

बुटवलमा केही समय पहिला  माओावादी केन्द्रका केन्द्रीय सदस्य तथा उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले शिलन्यास गरेको शहिद स्मारक आन्दोलनकारीले भत्काईदिएका छन् । स्वतस्फुतरुपमा जम्मा भएका आन्दोलनकारीहरुले बुटवलको महेन्द्रपार्कमा बनाइएको सहिद स्मारकबाट हसिया हथौडाको आकृत हटाउन खोज्दा प्रहरी र आन्दोलनकारीहरुको विचमा झडप समेतभ एको थियो । 

पहिला प्रहरीले स्मारक भत्काउन नदिने भन्दै कडा सुरक्षा प्रदान गरेको थियो । पछि नेपालको राष्ट्रिय झण्डा राख्ने भन्दै  आन्दोलनकारीहरुले माग गरेपछि प्रहरीले अनुमती दिएको थियो । तर आन्दोलनकारीहरुले नेपालको राष्ट्रिय झण्डा राख्नुको साथे स्मारकबाट हसिया हथौडाको  आकृती हटाएका छन् । एमाओवादी केन्द्रको चुनाव चिन्ह राखिएको भन्दै आन्दोलनकारीहरु आक्रोसित भएका थिए । 

यस्तै रुपन्देहीको बुटवलमा ३ वटा गाडीमा तोडफोड भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका छन् ।  यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान तोडफोड गरेका छन्। 

प्रदर्शनकारीले बुटवलमै लु ९ प ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्। प्रदर्शनकारीले बुटवलका ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।  नेतृत्वबिहीन प्रदर्शनकारीले भित्री सडकहरुमा खुलेका पसलहरु बन्द गराउँदै हिड्दा प्रहरीलाई नियन्त्रणमा लिन समस्या परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए । 

विहिवार साँझ ६ बजेबाट बन्द फिर्ता  भएपछि अहिले बुटवलको अवस्था सामान्य बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द