पढ्न करिब 2 मिनेट लाग्छ


बुटवलमा केही समय पहिला माओावादी केन्द्रका केन्द्रीय सदस्य तथा उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले शिलन्यास गरेको शहिद स्मारक आन्दोलनकारीले भत्काईदिएका छन् । स्वतस्फुतरुपमा जम्मा भएका आन्दोलनकारीहरुले बुटवलको महेन्द्रपार्कमा बनाइएको सहिद स्मारकबाट हसिया हथौडाको आकृत हटाउन खोज्दा प्रहरी र आन्दोलनकारीहरुको विचमा झडप समेतभ एको थियो ।
पहिला प्रहरीले स्मारक भत्काउन नदिने भन्दै कडा सुरक्षा प्रदान गरेको थियो । पछि नेपालको राष्ट्रिय झण्डा राख्ने भन्दै आन्दोलनकारीहरुले माग गरेपछि प्रहरीले अनुमती दिएको थियो । तर आन्दोलनकारीहरुले नेपालको राष्ट्रिय झण्डा राख्नुको साथे स्मारकबाट हसिया हथौडाको आकृती हटाएका छन् । एमाओवादी केन्द्रको चुनाव चिन्ह राखिएको भन्दै आन्दोलनकारीहरु आक्रोसित भएका थिए ।
यस्तै रुपन्देहीको बुटवलमा ३ वटा गाडीमा तोडफोड भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका छन् । यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान तोडफोड गरेका छन्।
प्रदर्शनकारीले बुटवलमै लु ९ प ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्। प्रदर्शनकारीले बुटवलका ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । नेतृत्वबिहीन प्रदर्शनकारीले भित्री सडकहरुमा खुलेका पसलहरु बन्द गराउँदै हिड्दा प्रहरीलाई नियन्त्रणमा लिन समस्या परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए ।
विहिवार साँझ ६ बजेबाट बन्द फिर्ता भएपछि अहिले बुटवलको अवस्था सामान्य बन्दै गएको छ ।















