2026-09-11 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फिदिममा राप्रपा नेपालको जिल्ला स्तरीय एकता भेला सम्पन्न

मंसिर २४, पाँचथर | राप्रपा नेपाल र राप्रपा पाटी जिल्ला स्तरीय एकता भेला पाँचथरको फिदिममा आज सम्पन्न भएको छ । 

भेलालाई सम्वोधन गर्दे केन्द्रिय पर्यवेक्षक तथा राप्रपा केन्द्रिय सदस्य चतुरमान विश्वकर्माले केन्द्र पाटी एक भइसकेकोले अव जिल्ला जिल्लामा पाटीलाई एकीकरण गरी निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने वताउनुभएको छ । 

यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य अमिर मादेनले पाटी मात्रै एक भएर नहुने भन्दै गाउँ गाउँमा संगठन विस्तारका लागि जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा वोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले हिन्दू राज्य र राजसंस्थाको मुद्धालाई पाटी एकीकरण भएपनि छोड्न नहुने वताउनुभयो ।

 राप्रपा र राप्रपा नेपाल एकीकरण भइसकेकोले अव पाटीलाई दर्विलो र निर्णायक शक्तिको रुपमा उभ्याउन सवै नेता कार्याकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य सगुन सुन्दर लावतीले पाटी एकीकरण भइसकेकोले अव गाउँ गाउँमा संगठन निर्माणमा जुट्नुपर्ने वताउनुभयो । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य छविरमण सुवेदी,राप्रपाका केन्द्रिय सदस्य मानवहादुर जवेगु,राप्रपाका केन्द्रिय सदस्य नरेशभक्त चाम्लिङ,राप्रपा नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद योङया लगायतले सभालाई सम्वोधन गर्नुभएको थियो । यस्तै जिल्लामा राप्रपाको अध्यक्षको भने दुवै समूहबाट दावी गरेका छन् ।

 राप्रपा नेपालका पाँचथर जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ र राप्रपा अध्यक्ष मानदेव केरुङ दुवैले अध्यक्षको दावी गरेपछि पाटीका नेता कार्यकर्ता सर्वसम्मत अध्यक्ष लगायत नयाँ कार्यसमिती चयनका लागि सहमति जुटाउन लागि परेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट