Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्री आज सिरहा आउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>राम नारायण पंडित |</b> मंसिर २९, सिरहा । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’आज (वुधबार) सिरहा आउनु हुने भएको छ ।&nbsp;<br></p><p>प्रधानमन्त्रि आफ्नो निर्वाचित सिरहा क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागी हुन सिरहाको मिर्चैया आउन लागेको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिलिप साहले बताए । प्रचण्डको माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादवको छोराको विवाहमा जन्ति जाने कार्यक्रम समेत रहेको नेता साहले बताए ।&nbsp;</p><p>मात्रिकाको गाउँ धनुषाको सवैलाबाट सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सिरहाको मिर्चैयामा हुने निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागि भएर जन्ती जाने कार्यक्रम रहेको जनाएको छ ।</p>