2026-09-12 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने : प्रचण्ड

राम नारायण पंडित, मंसिर २९, सिरहा । संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्री पुुष्पकमल दहाल प्रचण्डले ठोकुबा गरेका छन् । बिधेयक संशोधन गरी पूूनः संरचनाको कामलाई थाती रखेर भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । सबैको सहमति गराएर पुरानै संरचनामा भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको छोरा अमर यादबको सिरहामा भएको विवाहको जन्ति सरिक भएर जाने क्रममा सिरहाको लहानमा प्रेस सेन्टर नेपाल सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी मधेसीलाई विश्वासमा लिएर प्रतिपक्षीको सहमतिमा संविधान संशोधन गराएर चुनावमा जाने बताए । बर्तमान सरकारको मुख्य काम संविधान संशोधन गरी निर्वाचन सम्पन्न गराउनु रहेकोले त्यसको लागि अहिले युुद्धस्तरमा काम भईरहेको प्रधानमन्त्रि प्रचण्डले स्पष्ट गरे । पाँच नम्वर क्षेत्रमा आन्दोलन चर्काएर दुुई नम्वरको मुुद्दालाई ओझेलमा पार्न खोजिएको त होइन ? भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री दहालले यो बडो विडम्वनाको कुरा भएको भन्दै प्रतिपक्षीले यो विषयलाई हावा फैलाएको आरोप लगाए । 

यसअघि सिरहाको गोविन्दपुर वस्तिपुरका सोविन यादवकी छोरी कविता यादबसँग मातृका यादबको पुुत्रको विवाह समारोहमा प्रधानमन्त्री दहाल सरिक भएका थिए ।  मञ्चमै जनवादी विवाह भएका जोडीलाई सफल दामपत्य जीवनको शुुभकामना दिदैं मधेसमा दहेज प्रथा चरम रुपमा उक्लीरहेको वेलामा यस्तो विवाहले समाजलाई नयाँ सन्देश दिएको बताए । विवाह समारोहमा उर्जामन्त्री जनार्दन शर्मा, कानुुनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीहरु हरिवोल गजुरेल, विश्वनाथ साह, रामकुमार यादव लागायत सयौं माओवादी नेता कार्यकर्ता सहित हजारौंको उपस्थिति रहेको थियो । जनवादी विवाह भनेपनि वैवाहीक समारोहमा सरकारी तथा नीजि गाडीको ठूलो लाम लागेको थियो । विवाहमा कुनै पनि प्रकारको दहेज तिलक लेनदेन नगरिएको बताइएको छ । 

यता, सिरहा क्षेत्र नं. ५ को संसदीय विकास कोष समितिको बैठकमा प्रधानमन्त्री दहाल सहभागी भएका थिए । उहाँको क्षेत्रको तीन करोड रुपैया सो क्षेत्रमा पर्ने गोलबजार र मिर्चैया नगरपालिकाको ढलनिकास र खानेपानीमा लागानी गर्ने सर्वसम्मतले पारित भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस