Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ०२ गते, राति ९:५१ बजे प्युठान - PTN, राजनीति

संशोधन प्रस्ताब बिरुद्ध प्युठानको बड्डडाडामा बिरोध सभा

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बिरोधसभा आयोजना गरिएको छ ।

संयुक्त संघर्ष समितिको आव्हानमा आम हड्तालको दोस्रो दिन ढुङ्गेगढीको बड्डडाडा बजारमा बिरोधसभा गरिएको  हो । बिरोध प्रदर्शनमा ढुङ्गेगदि क्षेत्रका व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गराइ   आन्दोलनमा सहभागी भएका थिए ।प्रदर्शनमा उत्रिएका नागरिकहरुले संशोधन प्रस्तावचाहिँदैन, पोखरा गइदैन,५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोही छैन पराई, सिमांकन प्रस्तावको विरोधमा जुटौं, पहाड र तराईलाई नछोडौं लगायतका नारा लगाउदै  बजार परिक्रमा गरेका थिए ।

सरकारले प्रदेश बिभाजन गर्ने निर्णय गरेकाले आफुहरु आन्दोलित हुन परेको भन्दै सरकारले जनभावनाको कदर नगरे ठूलो मूल्य चुकाउनु पर्ने  एमाले जिल्ला कमिटी सदस्य मोहम्मद हलिमले बताए ।विरोध र्यालीपछि आयोजित  आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद् धनबहादुर रायमाझीले  प्रक्रियामा गए पनि  संशोधन विधेयक पारित  नहुने बताए। दुई सयजना सांसद् संशोधनको विपक्षमा रहेकाले बिधेक पास हुन नसक्ने उनको भनाइ छ। सासंद रायमाझीले भने, ’ बिधेक फिर्ता लिनुको बिकल्प छैन।'उनले पाँच नम्बर प्रदेशका सबै पहाडी जिल्लाबाट दुई घण्टामै तराईमा झर्न सकिने भएकाले यही प्रदेश नै पायक पर्ने बताए ।

सरकारले सीमांकन हेरफेर गर्न खोजेका जिल्लाका जनताहरु आन्दोलित भएकाले सरकारपछि हट्नुको विकल्प नभएको उनको भनाइ छ ।

कोणसभालाई सम्बोधन गर्दै राजमो  प्यूठानका जिल्ला सदस्य नवराज रानाले प्युठानी जनता सिमाङकनको पक्षमा नरहेको बताए।

कांग्रेसका ढ्ङ्गेगढी गाबिसका इकाइ सचिब खुम बहादुर खड्काले  आफ्नो पार्टी सत्तामा रहे पनि ५ नम्बर प्रदेश बिभाजन गर्ने निर्णय जनताको पक्षमा नभएकाले बाध्य भएर आन्दोलन गरिरहनु परेको उल्लेख गरे । क्रान्तिकारी माओबादिका जिल्ला सहसंयोजक कृष्ण बहादुर रानाले संशोधन प्रस्ताब राष्टघाती राष्ट्रबिरोधी प्रस्ताब भएको भन्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने धारणा राखे। त्यस्तै एमाले प्युठानका प्रभावशाली युवा नेता जिल्ला उपसचिव मधुर शर्माले सिमाङ्कन बिरुद्ध शसक्त आन्दोलनमा उत्रन आग्रह गरे।अहिले भएको सभा बाघको डमरु मात्र भएको उल्लेख गर्दै उनले यदि बाघको डमरुलाइ गिज्याइयो र  यो जनआवाजलाइ सरकारले बेवास्ता गर्दै गए बाघ गर्जेर आउने र उक्त आन्दोलन सरकारले थेग्न नसक्ने गरि हुने बताए।  बिरोधसभामा हंसपुर,बाङ्गेसाल र ढुङ्गेगदिका सयौ नागरिकको सहभागिता थियो।

महिनादिनदेखि आन्दोलित प्यूठानीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आमहड्ताल भोलि पनि जारी रहने बताइएको छ।