Skip to content
Friday, July 17, 2026 Nepali Online Media

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १५, बाँके ।</b> युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ ।&nbsp;</p><p>बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।&nbsp;</p><p>घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ ।&nbsp;</p><p>खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>