2026-07-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक : पूर्वमन्त्री बस्नेत

पुस १५, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । 

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज यहाँ आयोजित नवौ वार्षिक साधारण सभामा उहाँले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताउनुभयो । 

नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताउनुभयो । 

देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उहाँले भन्नुभयो“नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।” 

विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उहाँले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताउनुभयो । 

सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो । 

भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताउनुभयो । 

सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रुपैया खुद नाफा गर्न सफल भएको र सेयर सदस्यलाई १२ प्रतिशत बोनस वितरण गरेको जानकारी दिनुभयो । संस्थाको रु ५१ करोड दुई लाख ३० हजार ४३७ को निक्षेप सङ्कलन भएको र कूल रु तीन करोड ३४ लाख ३४ हजार ७०० सेयर पुँजी रहेको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ भने यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यको ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’