2026-09-11 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पार्टी एकताको सन्देश दिन राप्रपाद्धारा गाउँमा मोट्रसाइकल र्याली

जितेन्द्र भण्डारी/पुस १५, पाँचथर । राप्रपा नेपाल र राप्रपा पाटी एकीकरण भएपछि पाँचथरमा एकताको सन्देश दिन गाउँ गाउँमा मोटरसाइकल र्याली र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ ।

यसैक्रममा राप्रपाले जिल्लाको २ नम्बर क्षेत्र अन्र्तगत राँके,घुर्विसे पंचमी वजार,सप्तमी,आरुबोटे,लिम्बाको लेक गाउँ,दुर्दिम्बाको ६ नम्बर वुधबारे,माङजाबुङ,आङसराङको वसाँगु,यासोक वजार लगायत स्थानमा कोणसभा गरेको छ ।

आज भएको मोटरसाइकल र्याली तथा कोणसभालाई सम्वोधन गर्दे राप्रपाका केन्द्रिय सदस्य तथा नेता तेज कुमार कुरुम्बाङले मुलकलाई हिन्दू राज्य कायम गरेर छाड्ने वताउनुभयो ।

काग्रेस,एमाले,र माओवादीले लम्पसारवाद र अंशवण्डावाद मात्रै निमन्त्याएर मुलकलाई सिद्ध्याएको भन्दै अव राप्रपा मात्रै राष्ट्रको हितमा लागिरहेको वताउनुभयो ।

यस्तै कार्यक्रममा वोल्दै राप्रपाकी केन्द्रिय सदस्य सुनिता कुरुम्बाङले अव चाँडै स्थानिय तहको निर्वाचन हुने भन्दै महिलाको प्रतिनिधित्व आवश्यक पर्ने भएकोले महिला दिदी वहिनीहरु राप्रपा प्रवेश गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष घलेन्द्र बहादुर लिम्वू,पूर्व राजसभा समिती सदस्य वम सम्हाम्फे,निर्वाचन समिती संयोजक हरिप्रकाश सुवेदी,पाटी जिल्ला उपाध्यक्ष कमल बहादुर चेम्जोङ, सचिव जगत थापा मगर, पाटी क्षेत्रिय अध्यक्ष महेन्द्र बहादुर लावती लगायतले सम्वोधन गर्नुभएको थियो । पाटीले पौष १७ गतेदेखि क्षेत्र नम्बर १ मा पनि मोटरसाइकल र्याली र कोणसभाको आयोजना गर्देछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस