माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्"/>

2026-06-26 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ– उपप्रम महरा


माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उनले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए । 

पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिए । 

प्राकृतिक सौन्दर्य नगरी पोखरामा रहेका प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उनले आन्तरिक एवम् बाह्य पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले एक विदेशी पर्यटक बराबर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेवमूर्ति स्थापनाले पर्यटकको एक दिनको बसाइँ लम्ब्याउन सहयोग पुग्ने बताए । 

पुम्दीकोट विशाल महादेवमूर्ति निर्माण तथा उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले ‘समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास’ भन्ने लक्ष्यका साथ सुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताए । 

समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको लगभग १८ रोपनी क्षेत्रफलमा फैलिएको सो कोटमा महादेवकोमूर्ति, योगसाधना कक्ष, बगैचा बन्ने भएको छ । विगतमा लगभग रु २१ करोड लाग्ने अनुमान भए पनि पछिल्लो समयको मूल्यवृद्धि लगायतका कारणले लागत बढ्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ