। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पू"/>
2026-06-26 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

स्विस कार्यक्रम नरोक्न राजदूत समक्ष सांसदहरुको माग

पूर्णप्रसाद न्यौपाने,माघ २,काठमाण्डौ। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्ला ओखलढुंगा,खोटाङ र रामेछापका सांसदहरुले काठमाण्डौमा आईतबार भेट गरेका हुन् । भेटका क्रममा सांसदहरुले स्विस कार्यक्रम निकै प्रभावकारी भएको भन्दै समय थप गरेर कार्यक्रमलाई निरञ्तरता दिन आग्रह गरेका छन् । ‘स्विस कार्यक्रमहरु विकास निर्माणसँगै व्यक्ति,व्यक्तिको जनजिविकासँग जोडिएको भएकाले निकै प्रभावकारी रहेको भन्दै भेटका क्रममा समय थप गर्न हामीले आग्रह गरेका छौँ’ सांसद यज्ञराज सुनुवारले भन्नुभयो‘राजदूत फ्रिडेनले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,आशा छ समय थप हुनेछ र विकासका लागि अझै पहल गरिने छ ।’ सांसद सुनुवारका अनुसार राजदूत फ्रिडेनले निर्माणाधीन ओखलढुंगा–श्रीचौर–खिजीफलाटे सडक निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । 

भेटका क्रममा सबै तीन वटै जिल्लाका सांसदहरुले स्थानीय सडक सुधार कार्यक्रम(LRIP) बढि प्रभावकारी भएको भन्दै तत्काल कार्यक्रम स्थगित नगर्न विशेष आग्रह गरेका थिए । 

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग फ्रिडेनले आफु राजदूत भएर आएपछिको सांसदहरुसँगको पहिलो औपचारीक भेटघाट उपलब्धी मुलक भएको प्रतिक्रिया दिनुभएको छ । स्विस कार्यक्रम आगामी असार सम्म मात्रै सञ्चालन हुने जनाईएपछि कार्यक्रमलाई निरञ्तरता दिन भन्दै सांसदहरुले संयुक्त रुपमा राजदूतको ध्यानाकर्षण गराएको बुझिएको छ ।

आगामी बैशाख १,२ र ३ गते हुने थेलेदेम्बा महोत्सवमा सहभागिताका लागि आजै राजदूत फ्रिडेनलाई औपचारीक निम्तो समेत दिईएको सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । स्विस सरकारको सहयोगमा स्थानीय सडक सुधार कार्यक्रम(LRIP) ओखलढुंगा,खोटाङ र रामेछापमा सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ