2026-09-19 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘बैतडीमा सांसदले मनपरि ढङ्गले योजना छनोट गरे’

माघ ८, बैतडी । बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन् ।

सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन् । “गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले बताए।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले रु तीन करोडका योजना छनोट गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गर्नसक्ने प्रावधान रहिआएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका भएपनि सो निर्देशिका अनुसार सांसदले योजना छनोट गर्न नमान्ने गरेको जिल्ला विकास समितिका कर्मचारीले बताएका छन् । निर्देशिका अनुसार तीन करोडका योजनामा कम्तीमा ४० लाखको एक योजना हुनुपर्ने र अन्य योजना १० लाखका हुनुपर्ने हुन्छ ।

यस्तै, योजना बढीमा २५ वटा हुनुपर्ने हुन्छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा योजनाको सङ्ख्या २० हुनुपर्ने, एउटा योजना कम्तीमा लाख र अन्य योजना एक लाख रुपैयाँभन्दा कमका हुन नहुने प्रावधान रहेको जिल्ला विकास समिति, बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले बताए। तर निर्देशिकामा त्यसो भए पनि सांसदले छनोट गरेको योजनामा निर्देशिका विपरीत योजना आएका उनले बताए।

बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रममा दुवैमा सांसदले योजना छनोट गर्दा निर्देशिका लत्याएको पाइएको छ।

योजनाको सङ्ख्या निर्देशिका अनुसार भएपनि त्योभित्र धेरै ठाउँका मन्दिर, विद्यालय, सडकलगायतलाई बजेट छुट्याएर योजना छनोट गरेको छ। जिल्ला विकास समितिले सार्वजनिक गरेका निर्वाचन क्षेत्र विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनामा धेरै विद्यालयलाई एकै योजनामा समेटेर बजेट छुट्याएको छ।

योजना कार्यान्वयन गर्दा एकै योजनाबाट धेरै विद्यालयका बजेट दिनुपर्ने हुन्छ । यस्तै, मन्दिरका योजनामा धेरै गाविसका योजनालाई एकै योजना समेटेर निर्देशिका छलेको पाइएको छ।

यस्तै, सांसदले योजना छनोट गर्दा गाउँपरिषद्, इलाका परिषद्, जिल्ला परिषद्ले पारित गरेको योजनालाई प्राथमिकता दिनुपर्ने भए पनि धेरैजसो योजना नेताले मनलाग्दी हिसाबले छनोट गरेका छन्।

बैतडीमा प्रत्यक्ष निर्वाचित सांसदका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत छ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अढाइ करोड गरी साढे आठ करोड रुपैयाँका योजना छनोट गरिएका छन्।

बैतडी क्षेत्र नं १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आवमा सांसद आरजु राणा देउवाले ५० लाख छुट्याएकाले ५० लाख थप बजेट आएको हो। रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई