Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मधेशलाई विखण्डित गर्न चाहने सबै मधेशका बैरी हुन्: प्रचण्ड

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलहरुसँग समझदारीको प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मधेशलाई बर्बाद गर्न चाहने, विखण्डित गर्न चाहने सबै मधेशका बैरी भएकोले तिनीहरुको प्रतिवाद गर्न मधेशी जनतालाई आग्रह गरे । देशलाई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दालाई दरिलो पार्न सकिने भन्दै प्रधानमन्त्रीले मधेश विना पहाडको कल्पना र पहाडविना मधेशको अस्तित्व स्वीकार गर्न नसकिने जिकिर गरे ।

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्रि विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं दिनको पूण्यतिथीको अवसरमा सिरहाको गोलबजारमा आज (आईतबार) आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रि प्रचण्डले संविधान संशोधनले दलित, मधेशी, थारु, आदिवासी जनजाति सहित मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएपनि शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेश केन्द्रित दलहरुको मुद्दालाई चाँडो भन्दा चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्न सरकारसँग माग गरे ।

यसैगरी प्रधानमन्त्रि प्रचण्डले गोलबजार ३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास पनि गरे । उक्त पर्यटकीय स्थलको लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सिरहाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए ।