पढ्न करिब 1 मिनेट लाग्छ

माघ १७, बैतडी । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका छन् ।

निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बैतडीमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले राससलाई जानकारी दिनुभयो ।

पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) रहेका छन् ।

यस्तै नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी रोकायाले बताउनुभयो ।

बैतडीमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), नयाँ शक्ति नेपाल पार्टी, नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ । रासस